संसदमा बादर नियन्त्रणको बहस चलिरहेकै बेला काभ्रेमा बादरको एम्बुसमा महिलाको मृत्यु

तस्बिर : सांकेतिक  काभ्रे । संघीय संसदमा बादर नियन्त्रणका लागि मार्न पाउने वा नपाउने विषयमा बहस चलिरहेकै बेला काभ्रेपलाञ्चोकमा बाँदरबाट बाली जोगाउने प्रयासका क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। काभ्रेको पनौती नगरपालिका–१२, महभीरमा स्थानीय रामशरण मुल्मीकी ६८ वर्षीया श्रीमती कमला मुल्मीको आफ्नै काक्रो बारीमा जडान गरिएको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको हो। […]

बैतडीमा बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, १० जना घाइते

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–४ साइलेकमा भएको यात्रुबाहक बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । धनगढीबाट बैतडीतर्फ आउँदै गरेको सुदूरपश्चिम यातायातको सु.प.प्र.०१–००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ करिब ५:४० बजे अनियन्त्रित भएर सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटनामा परेको हो । दुर्घटनामा दशरथचन्द नगरपालिका–६ का ३५ […]

संसदमा ४ प्रतिस्थापन विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले संघीय संसदमा चार वटा प्रतिस्थापन विधेयक पेस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सहकारी, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी कानुन संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए । सरकारले सार्वजनिक गरेको बैठकका निर्णयअनुसार संसदमा पेस गरिने प्रतिस्थापन […]

हिरासतमा मृत्यु भएका विकलाई प्रहरीले कुटेको छैन, पोस्टमार्टममा आत्महत्या देखियो : गृहमन्त्री

काठमाडौं । सिन्धुलीको प्रहरी हिरासतमा श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरीले कुनैपनि किसिमको शारीरिक वा मानसिक यातना दिएको पुष्टि नभएको पाइएको छ । राष्ट्रियसभाको शुक्रबारको बैठकमा सदस्य भुवनबहादुर सुनारले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री सुधन गुरुङले यस्तो जानकारी दिएका हुन् । गृहमन्त्रीकाअनुसार उक्त घटनाको यथार्थ विवरण पत्ता लगाउन प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा छानबिन […]

रवि लामिछाने विरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराधसम्बन्धी कसुर फिर्ता लिन अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालत न्यायाधीश आत्मदेव जोशीको इजलासले लामिछानेको मागअनुसार सङ्गठित अपराधको मुद्दा फिर्ता लिन आदेश दिएका हुन् । जोशीको इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको सङ्गठित अपराधको अभियोग […]

सरकारको नियतमाथि प्रश्न उठाउँदै राप्रपाद्वारा ईभी काण्डमा संसदीय छानबिन समिति गठनको माग

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विभिन्न उदाहरणहरू दिँदै सरकारको नियतमाथि प्रश्न उठाएको छ । राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै सरकारका कामकारबाही र भ्रष्टाचारका मुद्दाहरू बारेका गतिविधिमा नियतमाथि आशंका गरेका हुन् । शाहीले विद्युतीय सवारी साधन (ईभी) को भन्सार दर हेरफेर र बजेटको सूचना चुहावट प्रकरणमा […]

एकैदिन तोलामा साढे १० हजार रुपैयाँ घट्यो सुन

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख […]

प्रतिनिधिसभामा विपक्षी दलका सांसदहरूले गरे उठेर विरोध

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका सांसदहरू उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले शुक्रबार बैठकको कारबाही प्रारम्भ गर्नेवित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । सिंहदरबारस्थित संसद् भवनमा सुरु बैठकमा विपक्षी दलहरू उठेर विरोध गरेपछि सांसद् खड्कबहादुर बुढाले आफ्नो विरोधबारे बोलिरहेका छन् ।

विश्वकप २०२६ : नक आउट प्रवेश गर्ने पहिलो टोली बन्यो मेक्सिको

काठमाडौँ । फिफा विश्वकप २०२६ को सहआयोजक मेक्सिको जारी प्रतियोगिताको नक आउट चरणमा प्रवेश गरेको छ। शुक्रबार बिहान दक्षिण कोरियालाई हराउँदै मेक्सिकोले एक खेल अगाडि नै नक आउट चरणको स्थान सुरक्षित गरेको हो। ग्वाडलाजारा स्टेडियममा लुइस लोरोले ५०औं मिनेटमा गरेको गोल निर्णायक बनेको हो। जितसँगै समूह ए अंकतालिकामा ६ अंक बनाउँदै मेक्सिको नक आउट चरणमा प्रवेश […]

कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसीई) अर्थात् कक्षा १२ मा नियमतितर्फ ६९.७५ विद्यार्थी ग्रेडेड भएका छन् । बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार ३ लाख ३२ हजार २४१ जना परीक्षामा सहभागी भएका थिए । जसमा २ लाख ३१ हजार ७७० जना ग्रेडेड भएका छन् भने १ लाख ४७१ जना ननग्रेड भएका […]