धनगढी । बैतडीमा नेकपा एमालेको ११औं महाधिवेशनका लागि प्रतिनिधि छनोटप्रति असन्तुष्टि जनाउँदै गाउँपालिकाका अध्यक्षले राजीनामा घोषणा गरेका छन् । सर्वसम्मत प्रतिनिधि चयनको नाममा गुटगत चलखेल भएको भन्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले पार्टी परित्यागको घोषणा गरेका हुन् । एमाले प्रदेश सल्लाहकार समिति सदस्य रहेका चन्दले आइतबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पार्टी परित्याग गरेको […]
फ्लास न्यूज
दल दर्ता गर्न थपिएको समय आज सकिँदै
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न थपिएको समय आज सकिँदैछ । निर्वाचन आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार मंसिर १ गतेदेखि मंसिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय थियो । तर, दलहरू दर्ता प्रक्रियामा रहेको र केही दिन समय थप गर्न आग्रह आएको भनेर आयोगले चार दिन समय थप […]
चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन पनि बढ्यो
काठमाडौं । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । करिब साढे १ महिनाअघिको रेकर्ड आज तोडिएको हो । एकैदिन चाँदी तोलामा १४५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ३४९० रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३३४५ रुपैयाँ थियो । यसअघि असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड […]
भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै
काठमाडौँ । भूमि आयोग खारेजीविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदैछ । मन्त्रिपरिषद्ले गत असोज २३ गते बसेको बैठकले गरेको भूमि समस्या समाधान आयोग र त्यसका जिल्ला समिति खारेज गर्ने निर्णयविरुद्ध आयोगका अध्यक्ष हरिप्रसाद रिजालले दायर गरेको रिटमा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा आज बहस हुन लागेको हो । उक्त निर्णय विरुद्ध […]
रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा आज
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवकेशील साझा पार्टीबीच आइतबार एकता घोषणा हुँदैछ। आज दिउँसो २ बजे राष्ट्रिय सभा गृहमा यी दुई पार्टीले एकता गर्न लागेका हुन्। वैकल्पिक तथगा विवेकशील आन्दोलनलाई लिविबद्ध, संस्थागत र थप सुदृढ तुल्याउन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुवै पार्टी सहमत भई […]
उपभोक्ता हितका लागि ललितपुर-३ मा बिषादी परिक्षण केन्द्र सञ्चालन
ललितपुर । ललितपुर महानगरपालिकाको वडा नं.३ कार्यालयले बिषादी परिक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको बिषादीको परिक्षण र नियन्त्रण गर्नका लागि वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुंगामा रहेको ‘हाम्रो घर’ मा बिषादी परिक्षण केन्द्रको सुरुवात गरेको हो । परिक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले बिषादीयुक्त तरकारी तथा […]
दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु
नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस घटनामा अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर रूपमा जलेका छन्। शनिबार साँझ ६:१५ बजेतिर भुइँतलामा रहेको जुत्ता पसलमा आगो लागेको थियो। अचानक आयो फैलिएपछि भाग्न नसक्दा चार जनाको […]
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज कास्कीको पोखरामा एकता सन्देश सभा गर्ने भएको छ । सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्। नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेसको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ। अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा […]
पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला
काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्। नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ । विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो […]
एमाले महाधिवेशनका लागि भक्तपुरबाट १४ प्रतिनिधि सर्वसम्मत, अध्यक्ष ओली पक्षको पल्ला भारी
भक्तपुर । नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बिधान बमोजिम विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गर्दै शनिबार उनीहरू महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना तथा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर […]











