काठमाडौँ । सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।सुदूरपश्चिमका लागि […]
फ्लास न्यूज
दुईतिहाइको दम्भमा भ्रष्टाचारीलाई बचाएपछि ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपर्यो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले दुईतिहाइको दम्भमा अघिल्लो सरकारले भ्रष्टाचारीलाई बचाउने काम गरेकाले त्यतिबेला प्रधानमन्त्री केपी ओली बालुवाटारबाट हेलिकप्टर चढेर भाग्नुपरेको टिप्पणी गरेका छन् । शनिबार दाङको देउखुरीमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले जनताले लखेटेपनि अझै अहङ्कार र दम्भ नहटेको बताए। जनताको मन जित्न नसके चुनाव जितेर मात्रै केहि नहुने […]
रास्वपा र विवेकशीलको एकता घोषणा सभा भोलि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच आइतबार एकता हुने भएको छ । पार्टी एकताका लागि आइतबार एकता घोषणा सभा राखिएको छ । आइतबार दिउँसो २ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना गरिएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए । शुक्रबार साँझ बसेको रास्वपा केन्द्रीय समितिको विशेष बैठक (भर्चुअल) ले विवेकशील पार्टीसँग […]
रोटरी क्लब अफ भादगाउँद्वारा निर्मित प्रहरी भवन हस्तान्तरण
भक्तपुर । जेनजी आन्दोलनकारीले गत भदौ २४ गते जलाएको भक्तपुर-१ सल्लाघारीस्थित प्रहरी बिट रोटरी क्लब अफ भादगाउँले निर्माण गरी शनिबार स्थानीय प्रहरी प्रभाग कटुन्जेलाई हस्तान्तरण गरेको छ । समुदाय–प्रहरी साझेदारी सुदृढ गर्दै प्रभावकारी सेवा पहुँच विस्तार गर्ने उद्देश्यले भवन निर्माण गरी हस्तान्तरण गरिएको स्थानीयसमेत रहेका क्लबका पास्ट प्रेसिडेन्ट प्रकाश थापाले बताएका छन् । […]
आज दाङको देउखुरीमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा हुँदै
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले आज लुम्बिनी प्रदेश स्थित दाङको देउखुरीमा एकता सन्देश सभा गर्ने भएको छ । नेकपा गठनपछि देशभर एकता सन्देश सभा गर्ने निर्णय बमोजिम आज देउखुरीमा सन्देश सभा हुन लागेको हो । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसअघि नेकपाले शुक्रबार धनगढीमा […]
एघारौँ महाधिवेशनका लागि एमालेमा आज देशैभरि प्रतिनिधि छनौट हुँदै
काठमाडौँ । एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरि प्रतिनिधि छनौट गर्दैछ । एमाले केन्द्रीय कार्यालयका अनुसार मङ्सिर ११ गते सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजे देखि निर्वाचन सुरु भएको छ । निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न […]
एनपीएलमा आज लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुरबीच प्रतिस्पर्धा हुँदै
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अन्तर्गत आज सुपर स्याटरडे दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भइरहेको लिगमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच पहिलो खेल हुनेछ । यो खेल बिहान सवा ११ बजे सुरु हुनेछ । अंकतालिकामा बटम हाफमा रहेका लुम्बिनी र पोखरा दुवैका लागि आजको खेल महत्वपूर्ण हुनेछ […]
धनगढी पुगेर प्रचण्डले भने : २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आयौं
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गत २६ भदौको राति देश डुब्योडुब्यो भन्ने अवस्था देखेर आएको बताएका छन् । कैलालीको धनगढीमा शुक्रबार आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले संविधान च्यातिने, गणतन्त्र मासिने अवस्था नजिक पुगेर मुलुक फर्किएको बताएका हुन् । ‘अहिले मुलुक २१ फागुनको निर्वाचनतर्फ उन्मुख भइरहेको छ । यो अवस्था आउन […]
एनपीएलमा काठमान्डुको तेस्रो जित, चितवन ५३ रनले पराजित
काठमाडौँ । काठमान्डु गोर्खाजले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा काठमान्डुले चितवन राइनोजमाथि ५३ रनको जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८९ रन बनायो । चितवनका लागि देव खनाल […]
भरतपुर अस्पताल देशकै उत्कृष्ट, गजेन्द्रनारायण सिंह र मानसिक अस्पताल कमजोर
काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा चितवनको भरतपुर अस्पतालले सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा जानकारी दिँदै नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पतालले गुणस्तरीय सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरेको […]











