तोडियो १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई पुल निर्माण १४ वर्षदेखि अलपत्र परेपछि पप्पु–महादेव–खिम्ती जेभीसँगको ठेक्का तोडिएको छ। योजना कार्यालय इटहरीले ३१ जेठ २०६८ मा भएको करिब ३४ करोड ९ लाख रुपैयाँको डिजाइन–एण्ड–बिल्ड ठेक्का बिहीबार रद्द गरेको हो। म्याद पाँचपटक थप्दा पनि ७२३ मिटरको पुलको काम ५६ प्रतिशत मात्र पुगेको, स्पष्टीकरण चित्तबुझ्दो […]

काठमाडौं उपत्यकासहित देशभर ह्वात्तै बढ्यो चिसो

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो ह्वात्तै बढेको छ । काठमाडौं उपत्यकाको बिहीबार बिहानको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । यसअघि गत बिहीबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो । एक सातामै काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसले घटेको हो । काठमाडौंको अधिकतम तापक्रम १ डिग्री सेल्सियसले घटेको […]

सहकारी दर्ता अभिलेखिकरणका लागि सफ्टवेयर प्रणाली सञ्चालन

ललितपुर । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणमुखी सहकारीहरूको दर्ता अभिलेखिकरणका लागि स्वचालित अनलाइन सफ्टवेयर प्रणाली सुरु गरेको छ। बुधबार आयोजित सार्वजनिक कार्यक्रममा सहकारीका सञ्चालक वा व्यवस्थापन तहको भौतिक उपस्थिति बिना नै अनलाइनमार्फत दर्ता अभिलेखिकरण गर्ने प्रक्रिया औपचारिक रूपमा कार्यान्वयन गरिएको घोषणा गरियो। कार्यक्रममा प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले सहकारीहरूलाई कर्जा सूचना केन्द्रको सदस्य […]

आजदेखि १ सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा, यस्ता छन् विशेषता

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएकाे छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० […]

९ बुँदे सहमति कार्यान्वयन र सरुवा निर्देशिका खारेज गर्न शिक्षक महासंघको माग

काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ । शिक्षामन्त्री महावीर पुनलाई महासंघको टोलीले भेटेर ती माग राखेको हो । ‘सरुवा निर्देशिकाको खारेजी, गत बैशाखमा भएको ९ बुँदे सहमति कार्यान्वयनका लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न शिक्षा मन्त्रीलाई भनियो,’ […]

निर्वाचनका लागि दल दर्ता गराउने समय आजसम्म मात्र

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराउने समय आजसम्म मात्र रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि राजनीतिक दलले आजसम्म मात्र दर्ता हुन पाउनेछन्। निर्वाचन आयोगमा पहिले दर्ता भएका राजनीतिक दलहरूले निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने प्रावधान […]

त्रिभुवन विश्वविद्यालयको सभा आज, नीति तथा कार्यक्रम पेस हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सभा आज बस्दै छ । प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सभा बस्ने छ । आजको सभामा त्रिविको नीति तथा कार्यक्रम पेस हुनेछ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम रोकेर बजेट मात्रै प्रस्तुत गर्न निर्देशन […]

लुम्बिनी लायन्सलाई हराउँदै काठमान्डु गोर्खाजले हात पार्यो दोस्रो जित

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो । चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स […]

भक्तपुरका उत्कृष्ट तीन उद्यमीलाई सम्मान

भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरले एघारौँ उद्योग दिवसको अवसरमा ‘प्रभावशाली तथा उत्कृष्ट उद्यमी सम्मान कार्यक्रम’ सम्पन्न गरेको छ । दत्तात्रयमा आयोजित कार्यक्रममा जी.के. पोल्ट्री फार्मका सञ्चालक शिशिर किसी, गुण सेरामिक्सका गुणलक्ष्मी अवाल र महालक्ष्मी पाउँ उद्योगका रामकृष्ण ध्वोजु श्रेष्ठलाई सो सम्मान प्रदान गरिएको छ । भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले सम्मानित उद्योगीहरुलाई […]

चुनावको तीन महिनाअघि नै नेपाली सेनालाई फिल्डमा खटाउने तयारी

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि तीन महिनाअघिदेखि नै सेनालाई फिल्डमा खटाउन सिफारिस गरिएको छ । कात्तिक ३० मा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले तीन महिनाअघिदेखि नै सेनाले निर्वाचन केन्द्रित पट्रोलिङ गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार रक्षा मन्त्रालयमा पत्राचार गरिएको थियो । केन्द्रीय सुरक्षा समितिको निर्णय अनुसार राष्ट्रिय सुरक्षा […]