लोमसको प्यारासिटामोल ‘सेटोफेन’ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको प्यारासिटामोल ट्याब्लेट (सेटोफेन) ब्याच नं. सीटी २७२३ बजारबाट तत्काल फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त ब्याचको औषधि न्यून गुणस्तरको पाइएपछि विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उद्योगलाई बजारबाट फिर्ता गर्न आधिकारिक निर्देशन जारी […]

यी १९ देशका नागरिकको ग्रीनकार्ड पुनः जाँच गर्ने अमेरिकी घोषणा

काठमाडाैँ । अमेरिकाले १९ देशका नागरिकलाई विगतमा प्रदान गरिएको ग्रीन कार्ड (स्थायी आवास अनुमति पत्र) पुनः जाँच गर्ने घोषणा गरेको छ। अमेरिकन सिटिजनसिप एन्ड इमिग्रेशन सर्भिसेजका प्रमुख जोसेफ एड्लोका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले ती देशका नागरिकका ग्रीन कार्ड कडाइका साथ पुनः जाँच गर्न निर्देशन दिएका छन्। बीबीसीका अनुसार जाँचको सूचीमा अफगानिस्तान, क्यूबा, हैटी, इरान, सोमालिया, […]

आज काठमाडौँ उपत्यकासहित कुन सहरको तापक्रम कति छ ?

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर नै चिसो बढिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ । आज अधिकतम तापक्रम भने २१ डिग्री सेल्सियससम्म रहने महाशाखाले जनाएको छ । डडेलधुराको अधिकतम तापक्रम १५–१७ डिग्री सेल्सियस रहनेछ भने न्यूनतम तापक्रम ४–६ डिग्री सेल्सियस रहनेछ । दिपायलको अधिकतम तापक्रम २४–२६ डिग्री […]

सेना परिचालनसम्बन्धी राष्ट्रपतिको निर्णय कार्यान्वयनमा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने स्वीकृति प्रदान गरेसँगै उक्त निर्णय कार्यान्वयनमा गएको छ । राष्ट्रपति कार्यालयका एक अधिकारीले राष्ट्रपतिबाट सरकारको सिफारिसलाई स्वीकृत भएलगत्तै सेना परिचालनको निर्णय लागू भएको र आवश्यकताअनुसार सेना परिचालन हुन बाधा नहुनेछैन बताए । मन्त्रिपरिषद्को मंसिर ८ गतेको बैठकले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन […]

पूर्वसभामुख कृष्णबहादुर महरा २० लाख धरौटीमा रिहा

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरा धरौटीमा रिहा भएका छन् । उनलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको हो । भेपमा भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख महरालाई न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलाशले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौँले असोज […]

जेनजी अगुवा मुस्कान खातुनलाई नेकपाले केन्द्रीय सदस्य बनाउने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले महिला हिंसा विरुद्धको अभियन्ता तथा जेनजी अगुवा मुस्कान खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेको छ । बिहीबार राष्ट्रिय सभा गृहमा आयोजित पार्टी एकता घोषणा सभामा नेकपाका सहसंयोजक माधव कुमार नेपालले खातुनलाई केन्द्रीय सदस्य बनाउने घोषणा गरेका हुन् । खातुन नेपाली मानव अधिकारकर्मी समेत हुन् । उनी १५ वर्षको उमेरमा तेजाब […]

विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिमको लगातार चौथो जित, लुम्बिनीको तेस्रो हार

काठमाडौं । विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदुरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको […]

घनश्याम भूसाल र चन्द्रदेव जोशीबीच पार्टी एकता गर्ने सहमति

काठमाडौं । घनश्याम भूसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबीच पार्टी एकता सम्बन्धी सहमति भएको छ । दुई पार्टीका नेताहरूले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एकता घोषणाबारे जानकारी दिएका हुन् । सो कार्यक्रममा नेता विजय पौडेलले दिएको जानकारी अनुसार एकतापछि बन्ने नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी संयुक्त’ राख्ने […]

रवि र छविको मुद्दाको सुनुवाइ स्थगित

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआइजी एवम् तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ । सो मुद्दा बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको ३ नम्बर इजलासमा परेको थियो । रविका कानुन व्यवसायीले आजको सुनुवाइ स्थगित गरी पाउँ भनी निवेदन दिएका कारण सुनुवाइ स्थगित भएको अदालतका सूचना […]

तोडियो १४ वर्षदेखि अलपत्र कन्काई पुलको ठेक्का

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज–१ जोड्ने कन्काई पुल निर्माण १४ वर्षदेखि अलपत्र परेपछि पप्पु–महादेव–खिम्ती जेभीसँगको ठेक्का तोडिएको छ। योजना कार्यालय इटहरीले ३१ जेठ २०६८ मा भएको करिब ३४ करोड ९ लाख रुपैयाँको डिजाइन–एण्ड–बिल्ड ठेक्का बिहीबार रद्द गरेको हो। म्याद पाँचपटक थप्दा पनि ७२३ मिटरको पुलको काम ५६ प्रतिशत मात्र पुगेको, स्पष्टीकरण चित्तबुझ्दो […]