काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीले सानदार बलिङ गर्दै ४ विकेट लिएपछि कर्णाली याक्सलाई पराजित गर्दै सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा लगातार तेस्रो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सोमबार भएको डे–नाइट वेस्टर्न डर्बी म्याचमा सुदुरपश्चिमले कर्णालीलाई ४५ रनले पराजित गरेको हो । १४० रनको लक्ष्य पछ्याएको कर्णाली […]
फ्लास न्यूज
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन
काठमाडौँ । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। टाइम्स अफ इन्डियाका अनुसार उनको ८९ वर्षको उमेरमा सोमबार मुम्बईस्थित आफ्नै निवासमा निधन भएको हो। सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। ‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म […]
लो प्रोफाइलमा रहँदै आएका सुमनराज मुख्यसचिव नियुक्त
काठमाडौ । सरकारले सचिव सुमनराज अर्याललाई निजामती सेवाको सबैभन्दा उच्च प्रशासनिक पद मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनको नाम अनुमोदन गरेको हो। पहिलेका मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा जानुअघि नयाँ मुख्यसचिवको दौडमा प्रमीला देवी बज्राचार्य, मधुसूदन बुर्लाकोटी र डा. कृष्णहरि पुष्करको नाम पनि चर्चामा थिए। तर अन्ततः सरकारको रोजाइमा […]
संसदीय समितिले बोलायो मन्त्री कुलमान घिसिङलाई
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङलाई संसदीय समितिले छलफलमा बोलाएको छ । राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले घिसिङलाई छलफलमा बोलाएको हो । समितिको बैठक अहिले केहीबेरमा बस्नेछ । छलफलको विषय नै घिसिङसँग छलफल र विविध रहेको छ । समिति सचिवालयका अनुसार […]
बसपार्कमा युवती मृत भेटिएको घटनामा एक युवक पक्राउ
काठमाडौं । काठमाडौंको बसपार्कमा तन्नामा पोको पारिएको अवस्थामा मृत फेला परेकी युवतिको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। यस विषयमा सोमबार दिउँसो २ बजेतिर प्रहरी परिसरले पत्रकार सम्मेलनको समेत आयोजना गरेको छ। शनिबार बिहान मृत फेला परेकी युवतीको पहिचान खुलेको […]
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य १९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ४२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १३५ रुपैयाँ […]
जेनजी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा
काठमाडौँ । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले गैरजिम्मेवार निर्णयहरू गर्न थालेको तथा सरकार पूर्ण रूपमा भ्रष्टाचार, पक्षपात र कुशासनमात्रको गढिएर रहेको भन्दै बहिस्कार गर्न माग गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै जेनजी मुभमेन्ट नेपालले उर्जामन्त्री कुलमान घिसिङले ४३ करोड नोक्सानी गरेको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मालाई गैरकानुनी कर छुट दिएको तथा महान्यायाधिवक्ता […]
प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँदै जेनजी समूह
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले पारिवारिक सदस्य र नातेदारहरुलाई नियुक्ति दिलाएको विषयमा जेनजी युवा अगुवाहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर ध्यानाकर्षण गराउँदै छन् । द काउन्सिल अफ जेनजी (सुदन गुरुङ) समूहले प्रधानमन्त्री कार्कीलाई भेटेर ध्यानाकर्षण गराउन लागेको हो । श्रेष्ठले परिवारका सदस्य र नातेदारहरुलाई प्रधानमन्त्री कार्कीको सचिवालयमा नियुक्ति दिलाएको समाचार […]
लगातार वर्षापछि भियतनाममा बाढीपहिरो, कम्तिमा ९० जनाको मृत्यु
काठमाडौं । भियतनाममा भीषण बाढी र पहिरोका कारण एक हप्ताको अवधिमा कम्तीमा ९० जनाको ज्यान गएको छ । अक्टोबरको अन्त्यदेखि दक्षिण–मध्य भियतनाम लगातार वर्षाको चपेटामा परेपछि पर्यटकीय सहरहरू बारम्बार डुबानमा परेका छन ्। यसले करोडौं डलर बराबरको आर्थिक क्षति पुर्याएको बताइन्छ । तटीय सहर न्हा ट्राङका विस्तृत क्षेत्र पानीमा डुब्दा प्रख्यात पर्यटन केन्द्र दा लाट […]
‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत, दुई तलेसम्म घर बनाउन बाटो खुल्यो
काठमाडौं । सरकारले पहिलोपटक बाँसलाई संरचनात्मक निर्माण सामग्रीका रूपमा वैधानिक मान्यता दिँदै ‘बाँस भवन डिजाइन मार्गदर्शन–२०८२’ स्वीकृत गरेको छ। उर्जा, सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले मार्गदर्शन अनुमोदन गरेसँगै अब बाँस प्रयोग गरी एकदेखि दुई तले आवासीय, साना उद्योग तथा व्यावसायिक भवन बनाउन सकिने भएको छ। स्टील–कंक्रिट आधारित निर्माण महँगो र […]











