ओली सरकारले हाम्रो आवाज थुन्यो, यो सरकारले सुन्यो : दुर्गा प्रसाईँ

काठमाडौँ। सर्वोच्च अदालतको आदेशमा आइतबार हिरासतमुक्त भएका अभियन्ता दुर्गा प्रसाईँले केपी ओली नेतृत्वको अघिल्लो सरकारले आफ्ना आवाज थुन्ने प्रयास गरेपनि वर्तमान सरकारले कम्तीमा सुन्ने काम गरेको बताएका छन्। तर, उनले आफ्नो आन्दोलन नरोकिएको जिकिर गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको विशेष आग्रहमा आज तय भएको बन्दसहितको कार्यक्रम स्थगित गरेर स्वरूपचाहिँ परिवर्तन गरेको बताए । आइतबार सर्वोच्च अदालत […]

बिनासूचना सुदन गुरुङ पूर्वमन्त्री श्रेष्ठको निजी निवासमा, लाग्यो धम्काएको आरोप

बारा । पूर्वसूचनाबिनै जेनजीका अगुवा सुदन गुरुङको नेतृत्वको टोली पूर्वमन्त्री तथा बारा–४ का निवर्तमान संघीय सांसद किसान श्रेष्ठको औराहास्थित निजी निवासमा प्रवेश गरेको छ । पूर्वमन्त्री श्रेष्ठले घरमा कोही नभएको मौका छोपी गुरुङको टोलीले कर्मचारी र सहयोगीलाई धम्की दिएको भन्दै सामाजिक सञ्जालमार्फत आपत्ति जनाएका छन् । पार्टीको कामको सिलसिलामा काठमाडौँ गएको मौका छोपी कथित जेनजी […]

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा, यस्तो छ राजनीतिक प्रतिबद्धता

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ । आइतवार काठमाडौंमा एक कार्यक्रमबीच डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीचको एकतापछि सो नयाँ पार्टी घोषणा गरिएको हो । कार्यक्रममा सो पार्टीको नाम पूर्वप्रधानमन्त्री डा. भट्टराईले औपचारिक रुपमा घोषणा गरे । […]

बिराटनगर विमानस्थलमा महेश बस्नेतमाथि आक्रमण प्रयास

mahesh Basnet

बिराटनगर । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य तथा अध्यक्ष केपी शर्मा ओलीका निकट सहयोगी महेश बस्नेतमाथि आज आइतबार बिहान विराटनगर विमानस्थलमा आक्रमण प्रयास भएको छ। नेता बस्नेत र अध्यक्ष ओली विरुद्ध नाराबाजी गर्दै उनी सवार गाडीमा रातो मसी छ्यापिएको छ । प्रहरी स्कर्टिङमा रहेका बस्नेतलाई लक्षित गर्दै गरिएको आक्रमण प्रयास तत्कालै सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । […]

दुर्गा प्रसाईँको समूहले फिर्ता लियो नेपाल बन्दको कार्यक्रम

काठमाडौँ । सरकार र दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानबिच आज हुने घोषणा गरिएको नेपाल बन्द र अनिश्चितकालीन आमहड्तालका कार्यक्रम फिर्ता लिने सहमति भएको छ । सरकार र नागरिक बचाउ महाभियान नेपालका प्रतिनिधिबिच शनिबार बालुवाटारमा भएको वार्ताका क्रममा सो सहमति भएको हो । वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागहरूका सन्दर्भमा […]

एनपीएलमा आज विश्राम, सोमबार जनकपुर र विराटनगर तथा कर्णाली र सुदूरपश्चिम भिड्ने

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज सातौँ दिन आइतबार खेल राखिएको छैन । नेपाल क्रिकेट सङ्घले यसअघि नै सार्वजनिक गरेको खेलतालिकामा आज विश्राम दिन राखिएको थियो । भोलि सोमबार भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा दुई खेल हुनेछन् । बिहान ११ः४५ बजे हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदैछ […]

सरकारसँग वार्तापछि प्रसाईँ समूहद्वारा सहमतिका १० बुँदा सार्वजनिक

काठमाडौँ । दुर्गा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग १० बुँदे सहमति भएको दाबी गरेको छ । नेपाल सरकार र महाअभियानको बीचमा गएराति भएको वार्तापछि विभिन्न १० बुँदे सहमति भएको महाअभियानको दाबी छ । सरकारले भने शनिबार बन्द फिर्तासहितका सहमतिका केही बुँदा सार्वजनिक गरेकाे थियो । वार्तामा महाअभियानले उठाएका २७ […]

प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा आज, १५१ सदस्यीय केन्द्रीय समिति रहने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्माको प्रगतिशील राष्ट्रिय अभियान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका सन्तोष परियारबीच एकतापछि बनेको प्रगतिशील लोकतान्त्रिक पार्टी आइतबार घोषणा हुँदैछ। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे पार्टी एकता घोषणा कार्यक्रम हुने नेता सुदन किराँतीले जानकारी दिए। एकता घोषणा कार्यक्रमअघि शनिबार काठमाडौंमा नेताहरूबीच आन्तरिक छलफल […]

अन्तत: कांग्रेसले गर्यो चुनावमा जाने औपचारिक निर्णय, अब एमाले के गर्ला ?

काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको छ। शनिबार बसेको केन्द्रीय समिति बैठकले चुनावमा जाने घोषणा गरेपछि अहिलेसम्म अनिश्चिततामा रहेको नेकपा एमाले थप दबाबमा परेको छ। लामो समयदेखि निर्वाचनमा सहभागी हुने–नहुने दोधारमा रहेको कांग्रेसले विभिन्न कारण देखाउँदै चुनावबाट टाढा रहने संकेत दिँदै आएको थियो। तर अन्ततः स्पष्ट […]

ट्रम्पसँग नजिकको सम्बन्ध रहेका ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारो पक्राउ

काठमाडौँ । ब्राजिलका पूर्वराष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन्। शनिबार राजधानी ब्रासिलियास्थित पूर्वराष्ट्रपति बोल्सोनारोकै निवासबाट उनलाई प्रहरीले पक्राउ गरेको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। उनीमाथि २०२२ को चुनाव हारेपछि ‘कु’ प्रयास गरेको आरोपमा अदालतले २७ वर्षको जेल सजाय सुनाएको थियो। अदालतको उक्त फैसला कार्यान्वयनका लागि बोल्सोनारोलाई पक्राउ गरिएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ। उनका […]