पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवाहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिका कारण दैनिक उपभोग्य बस्तुको समेत मूल्यवृद्धि हुन सक्ने भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले महंगीको मार बन्द गर, पेट्रोल कर कम गर, मूल्य घटाएर जनतालाई राहत देउ, पेट्रोलमा कर खारेज गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए । […]

शेखर कोइरालाको स्पष्टोक्ति–म पार्टीको कुनै पनि समूहमा छैन

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए । उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि […]

यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन […]

थप दुइटा अमेरिकी लडाकू विमान खसालेको इरानको दाबी

काठमाडौँ । इरानले थप दुइटा अमेरिकी लडाकू विमान खसालेको दाबी गरेको छ। शुक्रबार इरानले दुई सिटे एफ–१५ई स्ट्राइक इगल लडाकु विमान इरानभित्र खसालेको दाबी गरेको छ। उक्त विमानका एक चालकलाई उद्धार गरिएको भए पनि अर्का चालक अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले जनाएको छ। पेन्टागनका अधिकारीहरूले लडाकू विमानमा रहेका अर्का चालकको अवस्था अज्ञात […]

भक्तपुरमा भेटियो बर्डफ्लु

संजीप घिमिरे, भक्तपुर । भक्तपुरमा बर्ड फ्लु भेटिएको छ । वडा नं. ८ को महेश्वरी पीठ क्षेत्रमा मृत भेटिएका कागहरूमा बर्ड फ्लुको H9 प्रकारको जीवाणु फेला परेको हो । केही दिनदेखि कागहरु मरिरहेका स्थानीयले जानकारी गराएपछि परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको थियो । शुक्रबार प्राप्त रिपोर्टमा बर्डफ्लुको H9 भेरियन्ट भेटिएको भक्तपुर नगरपालिकाको सूचना अधिकारी दामोदर […]

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ । कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । बूढानीलकण्ठबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले जानकारी दिए । उनीमाथि बलात्कार आरोप लागेको छ । अमेरिकामा बस्ने एक युवतीले शुक्रबार मात्रै बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी छन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी स्रोतको भनाइ छ […]

गुण्डागर्दीविरुद्ध प्रहरी अपरेशन : किमजोङ बोससहित १७ जना पक्राउ

काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् । अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले शुक्रबार राति […]

अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् । हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । गल्फन्युजका अनुसार हवाई सुरक्षा […]

आजको मौसम पूर्वानुमान : कतै चट्याङ्गसहितको वर्षा त कतै हावाहुरी चल्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो देशको हिमाली भूभागलगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा साधरणतया […]

शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक श‌ंकर अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराेले शुक्रबार अग्रवाललाई काठमाडौंबाट पक्राउ गरेकाे हाे । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अग्रवालविरुद्ध अनुसन्धान भइरहेकाे छ । विभागले यसैकाे अनुसन्धानका क्रममा पक्राउ गरी उपस्थित गराइदिन ब्युराेलाई पत्र पठाएकाे थियाे । व्यापारी दीपक भट्ट सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेसँगै […]