वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

भक्तपुर  ।  काठमाडौं, आकर्षक तलबको प्रलोभनमा पारी ग्रिस, अल्वानियाँ, पोर्चुगल, युके र माल्टा लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा दाङ लमही नगरपालिका-४ घर भएका ३० वर्षीय देव सुनार, २७ वर्षीय भिम सुनार, पाल्पा रामपुर नगरपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ३५ वर्षीय सुमन […]

नेपाल र बेलायतबीच १२ अर्बको अनुदान सहयोगको समझदारीपत्रमा हस्ताक्षर

भक्तपुर  । नेपाल सरकार र बेलायत सरकारबीच अनुदान सहायता सम्बन्धी दुई छुट्टा-छुट्टै समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  पहिलो समझदारीपत्र “नेपालमा उत्थानशीलता, अनुकूलनता तथा समावेशिता” कार्यक्रमको लागि करिव ६.५ अर्ब नेपाली रुपैयाँ (बेलायती पाउण्ड ३८.५ मिलियन) को अनुदान सहायता रकम रहेको छ । ६ वर्षको कार्यान्वयन अवधि रहेको यो कार्यक्रम गृह मन्त्रालय र वन तथा […]

पूर्वमन्त्री श्रेष्ठले गरे सुनकोशी दुर्घटनास्थलको अवलोकन, दुर्घटनाबारे यस्तो अनुमान

शनिबार साँझ खोटाङको हलेसी दर्शन गरेर भक्तपुर फर्कँदै गरेको जीप दुर्घटनाबारे बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी लिएका छन् । सिन्धुलीका प्रदेश सांसद समेत रहेका श्रेष्ठ सोमबार घटनास्थल पुगी दुर्घटनाबारे जानकारी लिएका हुन् । दुर्घटनास्थलको अवलोकनपछि पूर्व मन्त्री श्रेष्ठले सडक विभागले बिछ्याएको चिप्सका कारण दुर्घटना भएको हुनसक्ने तर्क गरेका छन् । […]

नेपाल प्रधानाध्यापकहरुको अन्तराष्ट्रिय काउन्सिल सदस्यमा निर्वाचित

काठमाडौं । इन्टरनेशनल कन्फिडेरेशन अफ प्रिन्सिपल (आइसीपी)को २१ सदस्यीय काउन्सिल सदस्यमा नेपालबाट प्रधानाध्यापक सुदाम प्रसाद गौतम निर्वाचित भएका छन् । अफ्रिकन देश केन्यामा भएको अधिवेशनबाट गौतमले एशिया प्यासिक क्षेत्रबाट सबैभन्दा बढी मत ल्याइ निर्वाचित भएका हुन् । केन्यामा ३ दिने साधारण सभाबाट आइसीपीको नयाँ नेतृत्व चयन हुँदा एशिया प्यासिफिक रिजनबाट नेपालमात्र निर्वाचित भएको हो । […]

अस्वथ्य कलाकार कोपिल थापा थेरापी गराउँदै

२०८१ साउन ३२, काठमाडौं। टेलिसिरियल र फिल्मका माध्यमबाट आफ्नो पहिचान बनाएकी कलाकार कोपिल थापा यतिबेला उपचारार्थ छिन् । कलाकार थापा केही समयअगि भारत, पन्जाबको पन्चकुलामा गाडी दुर्घटनामा थापाको मूल घर मोरङ सलकपुर हो। सँगै कारमा रहेकी रुपा थापाको मृत्यु भएको र अर्का नेपाली गोपाल घाइते भएका थिए । कलाकार थापालाई ढाडमा गम्भीर चोट लागेको छ। […]

राजधानीमा साहित्य चौतारीले राष्ट्रकविको सम्झना गर्दै

२०८१ साउन ३१, काठमाडौं । साहित्य चौतारी झापाले आज अग्रज शिखर सर्जक राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्मानमा लैनचौरस्थित कवि कुन्जमा एक विशेष कार्यक्रमको आयोजना गरेर कालजयी गीतका सर्जक घिमिरेप्रति श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्यो ।   सोही कार्यक्रममा श्रीमती महाकाली घिमिरेलाई सम्मान पनि गर्यो ।  सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका माननीय कुलपति कलाकार नारदमणि […]

गठ्ठाघर दुर्घटनाको हालसम्म पनि मृतकको सनाखत हुन सकेन

साउन ३१ , भक्तपुर भक्तपुरको छ लेन सडक अन्तर्गत गठ्ठाघरमा ट्रकको चक्कामा परी ज्यान गुमाएको स्कुटी चालकको गलत पहिचान दिने दोलखा मेलुङ्गका राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालीले घटनास्थलमा आएर मृतक आफ्नो बहिनी भएको भन्दै गलत पहिचान दिएको प्रहरीको आरोप छ । नेपालीले मादक पदार्थ सेवन समेत गरेको देखिएको प्रहरी वृत्त थिमिले बताएको […]

साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सवमा सर्जकहरु सम्मानित

२०८१ साउन २९, काठमाडौं। साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवसको अवसर पारेर आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यिक साधकहरू र कलाकारलाई अभिनन्दन, सम्मान तथा पुरस्कृत गरेको छ। साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के.के.कर्माचार्यको प्रमुख आतिथ्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको सो […]

मन्त्री पौडेलको घोषणाः सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र खोलिने 

साउन २९, भक्तपुर  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ। विश्व अङ्गदान दिवसका अवसरमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अङ्गदान गर्नेहरुलाई सम्मान गर्दै, मन्त्री पौडेलले आफ्नो कार्ययोजनामा अङ्गदान केन्द्र स्थापनाको विषयलाई समेटिएको जानकारी दिनुभयो।    उहाँले सातवटै प्रदेशमा केन्द्रको शाखाका रूपमा उपकेन्द्र सञ्चालन गर्ने योजना […]

हसिना बिरुद्ध बंगलादेशको अदालतमा पहिलाे मुद्धा, स्वदेश फर्किए पक्राउ पर्न सक्ने

काठमाडौ , २९ साउन । यहाँको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्धा दर्ता गरिदिएको छ ।   राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो।   अदालतले उजुरी दर्ता (सीआर) मुद्दामा लगत्तै पहिलो सूचना रिपोर्ट (एफआईआर) रेकर्ड गर्न प्रहरीलाई […]