रास्वपाका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले साइत हेरेर प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय, शीतलनिवासमा शुक्रवार अपराह्न १२:३४ बजेको साइतमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सपथ ग्रहण गराए । सपथ ग्रहण अघि स्वस्ती बाचन शंखघोष र अष्ठमंगल पाठ पनि गरिएको थियो । सपथग्रहण पछि उनले सवा २ बजेको साइतमा प्रधानमन्त्रीको पदभार ग्रहण […]
फ्लास न्यूज
मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्वमा गठित नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गरेका चार वटा मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेललाई सरकारकाे प्रवक्तामा नियुक्त गर्ने निर्णय गरिएकाे छ । बैठकका निर्णय सार्वजनिक गर्दै उनले गत भदौ २३ र […]
प्रतिवेदन कार्यान्वयनको नाममा धरपकड भए मुलुक द्वन्द्वमा जान्छ : महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनको नाममा सरकारले धरपकड गरे मुलुक द्वन्द्वतर्फ जाने चेतावनी दिएका छन् । रास्वपा संसदीय दलका नेता बालेन्द्र शाहको नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो । प्रतिवेदन कार्यान्वयन गर्दा पहिले, आयोगले कारबाहीका लागि सिफारिस गरेका सुरक्षा […]
बालेन सरकारको पहिलो निर्णय : कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने
काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले सिफारिस गरेको विषयहरु कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बालेन नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले सो निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार आयोगले सिफारिस गरेका व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति […]
सकुशल भेटियो दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर
काठमाडौँ । दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर सकुशल फेला परेको छ। शुक्रबार दिउँसो सम्पर्कविहीन भएको हेलिकप्टर अहिले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोज लामाले जानकारी दिए। उनका अनुसार लक्ष्य गुम्बा रहेको स्थानमा उक्त हेलिकप्टर फेला परेको हो। ‘सुरूमा उडेको ठाउँबाट अलि माथि रहेको लक्ष्य गुम्बानिर अर्को हेलिप्याड रहेछ। त्यहाँ अवतरण गरेको हो। सबै जना सकुशल […]
एकपछि अर्को विवादास्पद निर्णय गरेकी महान्यायाधिवक्ता भण्डारीले दिइन् पदबाट राजीनामा
काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारी बरालले पदबाट राजीनामा दिएकी छिन् । उनलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेकी थिइन् । प्रधानमन्त्री कार्की पदमुक्त भएपछि उनले पनि पदबाट राजीनामा दिएकी हुन् । सामान्यतया: प्रधानमन्त्रीले नियुक्त गरेको महान्यायाधिवक्ताले प्रधानमन्त्री पदमुक्त भएसँगै राजीनामा दिने अभ्यास रहन्छ । उनलाई प्रधानमन्त्री कार्कीले २९ भदौमा नियुक्त गरेकी थिइन् । करिब साढे […]
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकका लागि पदभार ग्रहणको काम सकेर प्रधानमन्त्री बालेन्द्र शाह बालेनले मन्त्रिपरिषद बैठक बोलाएका हुन् । लगत्तै धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिसकेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त […]
अर्थमन्त्री वाग्लेकाे पहिलो निर्णय : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वार्णिम वाग्ले ले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि उनले अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाले। पदभार ग्रहण गर्दै वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। सोअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ वटा ऐन खारेज वा संशोधन […]
पदभार ग्रहण गर्दै गृहमन्त्री सुधन गुरुङले भने : कम बोल्ने मान्छे हुँ, एक्सनमा जान्छु
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले पदभार ग्रहणपछि मन्त्रालयबाट बाहिरिएका छन् । राष्ट्रपति कार्यालयमा शपथ ग्रहण समारोह सकिएसँगै सिंहदरबार पुगेर मन्त्री गुरुङले पदभार ग्रहण गरेका हुन् । उनी पदभार ग्रहण कार्यक्रम सकेर केहीबेर अघिमात्रै मन्त्रालयबाट निस्किएका छन् । उनी मन्त्रालयबाट निस्कंदा आफैंले गाडी चलाएर निस्किए । उनले आफ्नै व्यक्तिगत गाडी लिएर मन्त्रालयबाट निस्किएका हुन् । गृहमन्त्री […]
लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन
काठमाडौं । रसुवाको लाङटाङ क्षेत्रमा गएको मुस्ताङ एयरको एउटा हेलिकप्टर शुक्रबार दिउँसो सम्पर्कविहीन भएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टर सम्पर्कविहीन भएपछि खोजीकार्य तीव्र पारिएको छ। हेलिकप्टरको अवस्थाबारे अहिलेसम्म जानकारी मिल्न सकेको छैन। सुरक्षानिकायले हेलिकप्टरको […]









