५६ दिनसम्म पनि सरकारले जवाफ नदिएको भन्दै राष्ट्रियसभामा आपत्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा सरकार बनेको ५६ दिनसम्म पनि राष्ट्रिय सभाका सदस्यहरूले सदनमा उठाएको प्रश्नको जवाफ नदिएपछि आपत्ति जनाएका छन् । राष्ट्रियसभाको जारी बैठकमा सांसदहरूले ढुङ्गो बोल्ला माटो बोल्ला तर सरकार नबोलेको भन्दै आपत्ति जनाएका हुन् । राष्ट्रियसभा बैठकमा नेपाली कम्युनिस्ट पार्टीका नरबहादुर विष्ट र एमालेका सोमनाथ पार्तेलले जनप्रतिनिधिले […]

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चले भन्ने ठाउँमा सिङ्गल क्यापको पिकअप दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको हो । पिसाब गर्न रोकेका बेला न्यूट्रलमा रहेको गाडी गुड्न थालेपछि ब्रेक लगाउने प्रयास गर्दा […]

अब गैरकानुनी रूपमा डाक्टर लेख्नेलाई ३ वर्षसम्म कैद

काठमाडौं । गैरकानुनी रूपमा डाक्टरको उपाधि प्रयोग गर्नेलाई नेपाल मेडिकल काउन्सिलले तीन वर्ष जेल र तीन हजारसम्मको कारबाही गर्ने भएको छ । मेडिकल काउन्सिल र सम्बन्धित परिषद्‌मा कानुनी रूपमा दर्ता नभई नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने भएको हो । काउन्सिलले बिहीबार अत्यन्त जरुरी सूचना जारी गर्दै ‘जिरो टोलरेन्स’ नीति अपनाएर अवैध […]

संसदीय समितिको निर्देशन : विकास निर्माणका अवरोध हटाउनू, मूल्यवृद्धिको समस्या सुल्झाउनू

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र चरम मूल्यवृद्धिको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ । शुक्रबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित सरोकारवालाहरूसँगको गहन छलफलपछि समितिले यस्तो निर्देशन जारी गरेको हो । बैठकका निर्णयहरू सुनाउँदै समितिका सभापति आशिष गजुरेलले संकटमा परेका […]

गुण्डुमा एमाले सचिवालय बैठक सुरु, कार्यविभाजन टुङ्ग्याइने

काठमाडौँ । नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिन एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा सुरु भएको बैठकमा यसअघि अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको नेताहरूको कार्य विभाजनमा छलफल गरेर निर्णय गर्ने तयारी छ । एमालेको गत पुसमा सम्पन्न ११औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन अहिलेसम्म […]

बकर ईदको अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

काठमाडौँ । सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

नेकपा एमाले गर्यो बादलको संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव

काठमाडौँ । नेकपा एमालेमा पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा चुनावी समीक्षा कार्यदल प्रस्ताव गरिएको छ। गत सोमबार बसेको आठौं सचिवालय बैठकमा बादललाई समीक्षा कमाण्डर प्रस्ताव गरिएको हो। चुनाव सकिएको दुई महिना बित्दा पनि निर्वाचन समीक्षा भएको छैन। निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश कमिटीबाट चुनावी समीक्षात्मक प्रतिवेदन आए पनि सचिवालयमा छलफल भएको छैन। चुनावको समीक्षा […]

सभामुख अर्यालको भूमिकामाथि निस्कल राईले उठाए प्रश्न

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निस्कल राईले सभामुख डीपी अर्यालको भूमिकामाथि प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजे पनि सभामुखको भूमिका निष्पक्ष नभएको आशयसहितको अभिव्यक्ति दिएका हुन् । ‘पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जबाफदेही बनाउन खोजिरहेको छ । तर, यसमा सभामुखको साथ मिलेन’, […]

आज पनि हर्क साम्पाङले प्लेकार्ड देखाएर गरे विरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (साम्पाङ)ले आज पनि प्रतिनिधिसभा बैठक सुरु हुने वित्तिकै उठेर प्लेकार्ड देखाएर विरोध जनाएका छन् । जेठ ४ गतेदेखिका प्रतिनिधिसभाको बैठकमा उनले निरन्तर आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै आएका छन् । त्यसलाई आजलाई पनि निरन्तरता दिएका छन् । अहिले सभामुख डोलप्रसाद अर्यालले उनलाई बोल्न समय दिएका छन् ।

सरकार संसद्प्रति उत्तरदायी भएन, यो लोकतन्त्रमाथिको कालोधब्बा हो : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको भन्दै आपत्ति जनाएका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका राईले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गरेको र जनताको मतद्वारा निर्मित संसद्लाई बेवास्ता गरेको आरोप लगाए । विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री र अन्य मन्त्रीहरू […]