इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]
फ्लास न्यूज
बिदेश भागेका भनिएका पूर्व उर्जामन्त्री जलाइएको घरमै सार्वजनिक
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भगेर बिदेश गएको दाबी गरेका पूर्व उर्जामन्त्री दीपक खड्का सोमबार आफ्नै जलाइएको घरबाट सार्वजनिक भएका छन् । केही सञ्चारकर्मीहरूबीच सार्वजनिक भएका उनले सरकलाई आफू सम्बन्धी भ्रामक सूचना नफैलाउन आग्रह गरे । उनले पछिल्ला दिनमा आफ्नो विषयमा आएका समाचारहरू गलत र भ्रामक भएको दाबी गर्दै थपे, “मेरा बारेमा सत्तासीन व्यक्तिको भनाइलाई […]
सम्पादक बस्नेतको सुझाव – ओली वंश कंस नबनोस्
काठमाडौं । देशको वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै पत्रकार माधव बस्नेतले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि कडा प्रहार गरेका छन् । देश अहिले खरानीको भुङ्ग्रोमाथि उभिएको भन्दै बस्नेतले त्यसको प्रमुख कारण ओलीको स्वार्थ, अभिमान र अहंकार भएको बताए । उनले स्पष्ट उल्लेख लेखेका छन्, “पूर्वाग्रह होइन, तर ओली र ओलीजस्ता ‘कुलङ्गार’ […]
क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएका बैद्यले छोडे पद
काठमाडौं। क्रान्ति गर्ने भन्दै प्रचण्डसंग छुट्टिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको नेतृत्व गरिरहेक मोहन वैद्य किरणले नेतृत्व हस्तान्तरण गरेका छन् । केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा उनले नेतृत्व हस्तान्तरण गरे । बैठकमा महासचिव मोहन वैद्य ‘किरण’ले स्वास्थ्य कारण देखाएर दिएको राजीनामा स्वीकृत गर्दै कार्यवाहक महासचिव सीपी गजुरेल ‘गौरव’लाई नयाँ महासचिवको रूपमा चयन गरेको एक सहभागीले जानकारी […]
राष्ट्र र राष्ट्रियतामाथि संकट भएको भन्दै पूर्व उपप्रधानमन्त्री श्रेष्ठले सुझाए समाधान
ललितपुर । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि संकट परेको उल्लेख गर्दै पार्टीगत हीत र पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने स्पष्ट पारेका छन् । श्रेष्ठले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै सबै सचेत नागरिकले सोचबिचार गर्दै दलभन्दा माथि उठेर राष्ट्रिय एकताका प्रदर्शन गर्नुपर्ने स्पष्ट पारेका हुन् । सोको लागि नेपाली कांग्रेसको […]
आज काग तिहार र धन्वन्तरी जयन्ती मनाइँदै
काठमाडौ । आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ काग तिहार तथा धन्वन्तरी जयन्ती मनाइँदैछ । यमपञ्चक अर्थात् तिहार पर्वको पहिलो दिनका रूपमा काग तिहारलाई मनाइन्छ भने आयु, स्वास्थ्य र समृद्धिका प्रतीक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा आज धन्वन्तरी जयन्ती पनि मनाइँदैछ । हिन्दू धर्मशास्त्रअनुसार काग तिहारका दिन यमराजका दूतका रूपमा मानिने कागलाई पूजा गरी मीठामीठा […]
झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्टले लियो किसोरको ज्यान
वीरगञ्ज । दिपावलीको तयारी गर्दै झिलिमिली बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर वीरगञ्ज महानगरपालिका–१ छपकैयाका १७ वर्षीय किशोर पीयूष साहको ज्यान गएको छ। शनिबार साँझ करिब ६ बजे आफ्नै घरमा झालरबत्ती जडान गरिरहेका बेला अचानक शरीरमा विद्युत् प्रवाह भएर उनी गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्याए पनि उपचार सम्भव नभएपछि नेशनल […]
डेढ महिनामा ७ हजार पर्यटक पुगे मनाङ, इजरायलका बढी
मनाङ । मनसुन सकिएपछि यतिबेला हिमाली जिल्ला मनाङको मौसम खुलेको छ । मौसम खुल्ने समयको सुरुआतसँगै यहाँ विदेशी पर्यटकको आगमन हुने गर्दछ । यस मौसमलाई पर्यटक आउने यामका रूपमा पनि लिइन्छ । यस वर्षको याम सुरुआतसँगै पहिलो अर्थात् डेढ महिनामा सात हजार बढी पर्यटकको आगमन भएको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) एकाइ कार्यालयले जनाएको छ […]
घडी भाइरल भएपछि मन्त्री खरेलले खोले मुख
काठमाडौ । अन्तरिम सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले लगाएको घडी माथि प्रश्न उठेपछि उनले स्पष्टीकरण दिएका छन् । सामाजिक सञ्चालमा मन्त्री खरेलले रोलेक्स ब्रान्डको महँगो करिब करोड मूल्य हाराहारीको घडी लगाएका र त्यो उनले मन्त्री हुनासाथ उपहार पाएका भनी ट्रोल भएपछि उनले स्पष्टीकरण दिएका हुन् । आफूले लगाएको घडी […]
धनतेरस र धन्वन्तरी जयन्ती एउटै होइन
धनतेरस (धनत्रयोदशी) र धन्वन्तरी जयन्ती सुन्दा उस्तै लागे पनि फरक छ । तिहार अन्तर्गत पर्ने यी दुई पर्वको धार्मिक अर्थ र पूजाको विधि फरक–फरक हुन्छ। धनतेरस धनतेरसलाई तिहार पर्वको पहिलो दिन मानिन्छ।यस दिन धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ। यो नयाँ धातुका सामान, सुनचाँदी वा भाँडा खरिद गर्ने शुभ दिन हो। यस दिन साँझ “ॐ श्रीं […]











