डोटी । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत डोटी निर्वाचन क्षेत्र नं १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार मुख्य तीन दलबिचको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार भरत बहादुर खड्का विजयी भएका छन्। खड्काले १४,८९७ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दीपक बहादुर धामीलाई ७८७ मतको अन्तरले पराजित गरे। एमालेका धामीले […]
फ्लास न्यूज
कालिकोटमा महेन्द्र शाहीको ह्याट्रिक, १८ वर्षपछि ‘ब्यालेट’मा फर्किएका प्रकाण्डको लज्जास्पद हार
काठमाडौँ । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का महेन्द्रबहादुर शाही विजयी भएका छन् । उनी ११ हजार ३३८ मतसहित निर्वाचित भएको कालिकोटका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद दाहालले बताए । कालिकोटबाट शाहीको यो चौथो जित हो । त्यस्तै उनका निकटम प्रतिद्वन्द्वी बनेका नगिन्द्रले १० हजार ३ सय ५२ मत ल्याए । त्यस्तै नेपाली कांग्रेसका हर्षबहादुर शाहीले […]
भक्तपुरका दुबै क्षेत्रमा रास्वपाको जित सुनिश्चित
भक्तपुर । भक्तपुरका दुवै क्षेत्रमा रास्वपाका उम्मेदवारको जित सुनिश्चित भएको छ । भक्तपुर-१ बाट रुकेश रन्जितले निरन्तरको अग्रता कायम गर्दै जित सुनिश्चित गरेका छन् भने भक्तपुर-२ मा भारी मतान्तरले राजिव खत्रीको जित सुनिश्चित भएको छ । ५५ हजार २२ मत गनिसक्दा भक्तपुर-२ मा रास्वपाका खत्रीले ३३ हजार १३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी […]
जितको खाता खोल्दै रुकुम पूर्वबाट नेकपा संयोजक प्रचण्ड विजयी
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्ड प्रतिनिधि सभा सदस्य पदमा विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् । यस्तै एमालेका लिलामणि गौतम ३ हजार४६२ तथा कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यससँगै […]
शहीद सम्झना दाहालको स्मृतिमा अग्रजहरुलाई सम्मान
सिन्धुली । शहीद सम्झना दाहालको ३३ को स्मृति दिवशका अवसरमा आयोजित कार्यक्रमका अवसरमा सिन्धुली जिल्लामा क्रियाशिल अग्रज संचारकर्मी सहित शिक्षक विधार्थीहरुलाई सम्मान प्रदान गरिएको छ । शहीद सम्झना दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा शहीदका पिता तथा वरिष्ठ पत्रकार शेषराज दाहालको सभापतित्वमा आयोजित कार्यक्रममा सिन्धुली कार्यक्षेत्र बनाई विगत ३८ वर्षदेखि संचारकर्ममा क्रियाशिल पत्रकार शंकर सौगात र […]
कोशीमा रबि-बालेनलाई हर्क साम्पाङले उछिने, ६ निर्वाचन क्षेत्रमा अग्रता
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले कोशीका पहाडी क्षेत्रमा उत्साहजनक नतिजा ल्याएको छ । प्रारम्भिक गणना अनुसार ६ वटा निर्वाचन क्षेत्रमा यो पार्टीले अग्रता लिएको छ । खोटाङ, उदयपुर–२, भोजपुर, पाँचथर, धनकुटा र इलाम–२ मा यो पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । भोजपुरमा पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सचिव शेरधन राईलाई पछि पार्दै श्रम […]
दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले आज प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रसाईंलाई चुनावअघि प्रहरीले नियन्त्रणमा लिएको थियो। सर्वोच्चले उनलाई पटकपटक पक्राउ गरिएको घटना गैरकानुनी बताएको छ। ‘निवेदकलाई अदालतबाट पटक-पटक […]
रोल्पामा वर्षमान पुनको अग्रता कायमै, पछ्याउँदै वली
काठमाडौं । रोल्पामा नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले आफ्नो अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार नेकपाका उम्मेदवार वर्षमान पुनले ६५८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डा. सुदनकुमार […]
सर्लाही ४ मा अमरेशकुमार सिंह अगाडी, पछ्याउदै गगन थापा
काठमाडौँ । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा ४७१ मतले पछाडि परेका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.अमरेशकुमार सिंह भन्दा ४७१ मतले पछाडि परेका हुन् । सिंहले १ हजार २३९ मत ल्याउँदा थापाले ७६८ मत ल्याएका छन् । जनमत पार्टीका उम्मेदवार राकेश मिश्राले २५० मत ल्याएका छन् । एमाले उम्मेदवार अमनिश […]
यी हुन् ७९ क्षेत्रमा अग्रता बनाएका रास्वपाका उम्मेदवार (सूचीसहित)
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना देशभर जारी छ। शुक्रबार दिउँसो सवा २ बजेको मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार प्रदर्शन गर्दै देशका ७९ वटा निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। यस्तै काठमाडौँ १ मा विजय हासिल गरिसकेको छ । विवरण अनुसार रास्वपाका उम्मेदवारहरूले काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र जिल्लाहरूमा […]











