रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाले साउन २३ गते (शुक्रबार) दिनको एक बजे बस्नेगरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । प्रवक्ता मनिष झाका अनुुसार बैठक बोलाउने निर्णय भएपनि एजेण्डाहरु भने तय भइसकेको छैन । केन्द्रीय समिति बैठकमा छलफलका लागि एजेन्डाहरू बुधबार साँभसम्म […]

झापामा गाउँलेले राति रुखमा बाँधेका पुरुष बिहान मृत भेटिए

विराटनगर । झापामा गाउँलेले रुखमा बाधेका व्यक्ति मृत भेटिएका छन् । मंगलबार राति करिब साढे १० बजे झापा गाउँपालिका- १ लसुनामा आँपको रुखमा बाधेका स्थानीय ६० वर्षीय जतन सोरेन बुधबार बिहान मृत भेटिएका हुन् । अत्याधिक मदिरा सेवन गरेका सोरेनलाई मंगलबार राति स्थानीयले आँपको रुखमा बाँधेका थिए । बुधबार बिहान करिब ४ बजे उनी बाँधेकै […]

स्वस्तिकले सर्वसाधारण लगानीकर्ताका लागि यसै महिना आईपीओ खोल्ने

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गतेदेखि सर्वसाधारणका लागि आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने घोषणा गरेको छ। यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बाँडफाँड सम्पन्न भइसकेको थियो, र अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्तालाई अवसर दिइँदैछ। लघुवित्तले जारी पूँजीको ४० प्रतिशत, अर्थात् २ करोड ३१ लाख रुपैयाँ बराबरको २ […]

जम्मु कश्मीरमा भारत जवाफदेही हुनुपर्नेमा जोड, नेपाललाई मध्यस्थता गर्न सुझाव

काठमाडौं। पाकिस्तान राजदूतावास, काठमाडौंको आयोजनामा ‘यौम-ए-इस्तेहसाल: राजनीतिक तथा मानवीय परिणाम’ शीर्षकमा विचार गोष्ठी सम्पन्न भएको छ।  गोष्ठीमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मियाँ मोहम्मद शहबाज शरीफ तथा उपप्रधान तथा विदेशमन्त्री मोहम्मद इसहाक डारका सन्देशहरू वाचन गरियो। राष्ट्रपति जरदारीले भारतद्वारा जम्मु कश्मीरमा गरिएको जनसांख्यिकीय तथा राजनीतिक हेरफेर, मिडियामाथिको दमन र व्यापक गिरफ्तारीको विरोध गर्दै, उक्त […]

आजको मौसम – कोशी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यत्र केछ ?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ। जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ। मधेस प्रदेशका एक–दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। […]

सप्तरीमा मदिरा तस्करसंगको झडपमा प्रहरीले गोली चलायो, एक जनाको मृत्यु

सप्तरी । सप्तरीमा मदिरा नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राजगड गाउँपालिका वडा नम्बर–२ निवासी ३५ वर्षीय लालु यादव रहेको मधेस प्रदेश प्रहरीले जनाएको छ । मदिरा भण्डार गरिएको ठाउँमा गएराति सर्च अप्रेसन चलाउँदा मदिरा तस्करसँग भएको झडपमा प्रहरीले चलाएको गोलीबाट यादवको मृत्यु भएको मधेस प्रदेश प्रहरी […]

सम्भावना होइन, पहिचान बन्दै चाँगुनारायणमा एभोकाडो सिटी अभियान- प्रचण्डले समापन गर्ने

भक्तपुर । चाँगुनारायण नगरपालिकामा ‘एभोकाडो सिटी’ को सपना साकार बन्दै गएको छ। ‘एक घर, दुई बोट एभोकाडो’ नारासहित सुरु गरिएको ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’ अभियान अहिले आफ्नो तेस्रो तथा अन्तिम वर्षमा थप सक्रियताले सफलतातर्फ अघि बढिरहेको हो । तेस्रो चरणको वृक्षारोपण कार्यक्रम चाँगुनारायण–८ चरेलीबाट शुरु भएको थियो । यस क्रममा अघिल्लो वर्ष एभोकाडो बिरुवा नपाएका […]

पार्टी फुटको हल्ला निराधार, भ्रष्टाचार र कुशासनविरुद्ध संघर्ष जारी छ – महासचिव कञ्चन

काठमाडौं । नेकपा (बहुमत) का महासचिव धर्मेन्द्र बस्तोला ‘कञ्चन’ले आफ्नो पार्टी फुट्न लागेको हल्ला निराधार भएको बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी भ्रष्टाचार र कुशासनविरुद्ध आफ्नो पार्टीले संघर्षलाई तीब्रता दिनेसमेत जानकारी दिए । पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै कञ्चनले संसदवादी राजनैतिक पार्टीहरुमा गम्भीर समस्या देखिन थालेको […]

‘कुलिङ अफ पिरियड’ छेडखानी समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस

काठमाडौँ । ‘सङ्घीय निजामती सेवा विधेयकको दफा ८२ मा राखिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समिति’ले प्रतिवेदन प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा छानबिन समितिका सभापति जीवन परियारले प्रतिवेदन पेस गरेका हुन् । असार २३ गते प्रतिनिधिसभा बैठकबाट छानबिन समिति बनेको थियो । समितिलाई पहिला २१ […]

बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। बागमतीका […]