सुनको भाउ घट्दा चाँदीको बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ भने चाँदी बढेको छ। मंगलबार तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ बुधबार प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय […]

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। कोशी प्रदेश, गण्डकी […]

राष्ट्रियसभा सदस्य निर्वाचन : उम्मेदवारी मनोनयन आज

काठमाडौँ । राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्यका लागि हुने निर्वाचन प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ । निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा […]

कुन निर्वाचन क्षेत्रमा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ? (सूचीसहित)

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरक फरक खर्च सीमा निर्धारण गरेको हो । आयोगका अनुसार काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख खर्च गर्न पाउनेछन् । त्यसमा […]

राष्ट्रियसभा चुनावमा अन्य दलसँग तालमेल गर्ने कांग्रेस निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा चुनावमा अन्य राजनीतिक दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेस, एमाले, नेकपा र जनता समाजवादी पार्टी नेपालबीच राष्ट्रिय सभामा तालमेल गर्ने सहमति भएको छ। ती दलहरूसँग कार्यवाहक […]

चोलेन्द्र शम्शेरले पाँच वर्षपछि गरे संसद विघटनको फैसलामा हस्ताक्षर

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक गरेको प्रतिनिधिसभा विघटन विरूद्धको परेको रिटमाथिको फैसलामा पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पाँच वर्षपछि हस्ताक्षर गरेका छन्। उनको हस्ताक्षरसँगै पाँच वर्षपछि फैसलाको पूर्णपाठ सार्वजनिक भएको हो। २०७७ फागुन ११ गते सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले विघटित […]

कुलमान, जगदिश र बब्लुलाई प्रधानमन्त्रीले भनिन्– मन्त्री पदबाट राजीनामा दिनुस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गरेकी छन् । तीन मन्त्री राजनीतिक गतिविधिमा केन्द्रीत रहेको पाइएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजीनामा दिन सुझाएको एक मन्त्रीले जानकारी दिए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा नागरिक सरकारका मन्त्रीहरू राजनीतिक गतिविधिमा सक्रिय रहेको भन्दै प्रधानमन्त्रीले प्रश्न […]

कारागारमा रहेका टोपबहादुर सहित पाँच जना एमाले उम्मेदवार सिफारिस

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अर्घाखाँचीले पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको छ। एमाले जिल्ला कमिटीको बैठकले नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि जेल चलान भएका एमाले पूर्वसचिव टोपबहादुर रायमाझी सहित पाँच जनाको नाम उम्मेदवारको लागि सिफारिस गरेको हो। मंगलबार एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री […]

अमेरिकी अदालतमा मदुरोले भने : म अझै पनि राष्ट्रपति हुँ, मलाई अपहरण गरेर ल्याइयो

न्यूयोर्क।  भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले सोमबार न्यूयोर्क सिटीको अदालतमा बयान दिएका छन् । उनले आफू ‘निर्दोष’, ‘सभ्य व्यक्ति’ रहेको बताउँदै अमेरिकाद्वारा अपहरण गरिएको उल्लेख गरेका छन्। शनिबार अमेरिकाले आफ्नो देशमाथि गरेको सैन्य कारबाहीपछि यो उनको पहिलो सार्वजनिक अभिव्यक्ति हो। मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकाको विशेष बलले कराकासस्थित निवासबाट कब्जा गरेर लगेको थियो। अन्तर्राष्ट्रिय […]

पूर्व माओवादी नेता बादल बने एमालेको चुनावी कमाण्डर

काठमाडौँ । नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमाण्डर तोकेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको दोस्रो सचिवालय बैठकले समानुपातिकतर्फ उम्मेदवार बनेका बादललाई समग्र निर्वाचन परिचालनको जिम्मेवारी दिने गरी निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको हो। उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार उक्त निर्वाचन परिचालन कमिटीको सचिल विष्णुप्रसाद रिमाल सचिव रहेका छन्। छविलाल विश्वकर्मा, राजन […]