काठमाडौँ– १ मा सर्वदलीय बैठक सकियो, १० बजेदेखि मतगणना

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक सकिएसँगै आजै राति १० बजेदेखि मतगणना सुरु हुनेछ ।

दुई–दुई घण्टामा मतपरिणाम अपडेट दिइने मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले बताए । रातभर मतगणना हुनेछ भने शुक्रबार बिहानसम्म नतिजा आउने अपेक्षा गरिएको छ । 

यहाँ नेपाली कांग्रेसबाट प्रबल थापा,नेकपा एमालेबाट मोहनराज रेग्मी,नेपाली कम्युनिस्ट पार्टी(नेकपा)बाट मेनुका भण्डारी,राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाछ रञ्जु दर्शना र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)बाट रविन्द्र लगायत चुनावी मैदानमा छन्।