यी हुन् रास्वपाले अग्रता बनाएका ४३ निर्वाचन क्षेत्र (सूचीसहित)

काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी लहर देखिएको छ । काठमाडौं उपत्यकासहित देशका प्रमुख सहर र अन्य जिल्लाहरूमा समेत ‘घण्टी’ चुनाव चिह्नमा मतदाताको आकर्षण देखिएको हो ।

रास्वपाले मतगणना अघि बढ्दै जाँदा आफ्नो अग्रता बढाएर ४३ स्थानमा पुर्‍याएको छ । परम्परागत राजनीतिक दलका शीर्ष नेताहरूलाई नै पछि पार्दै रास्वपाका उम्मेदवारहरूले सानदार मतका साथ अग्रता लिइरहेका छन् ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार पार्टीका सभापति रवि लामिछानेसहित विभिन्न ४३ निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् ।

कुन निर्वाचन क्षेत्रमा को अगाडि ? (प्राप्त मतसहितको सूची):
१. रन्‍जु न्‍यौपाने – काठमाडौं १ (१२०७८ मत)
२. विराज भक्त श्रेष्ठ – काठमाडौं ८ (७६१७ मत)
३. सन्तोष राजवंशी – मोरङ ४ (७३३६ मत)
४. सुलभ खरेल – रूपन्देही २ (७१५१ मत)
५. गणेश पराजुली – काठमाडौं ७ (६३४६ मत)
६. अरबिन्द साह – बारा ३ (६१३७ मत)
७. प्रदिप विष्‍ट – काठमाडौं १० (६०४२ मत)
८. मनिष झा – धनुषा ३ (५२७८ मत)
९. उत्तम प्रसाद पौडेल – कास्की २ (५१७० मत)
१०. पुकार बम – काठमाडौं ४ (४८१६ मत)
११. देवराज पाठक – दाङ १ (३९५९ मत)
१२. सस्मित पोखरेल – काठमाडौं ५ (३७०० मत)
१३. शिशिर खनाल – काठमाडौं ६ (३६९६ मत)
१४. प्रमोद कुमार महतो – महोत्तरी १ (३५४७ मत)
१५. रुकेश रन्जित – भक्तपुर १ (३४५२ मत)
१६. रवि लामिछाने – चितवन २ (३२६५ मत)
१७. राजीव खत्री – भक्तपुर २ (३०६० मत)
१८. राजु नाथ पाण्डे – काठमाडौं ३ (२९६० मत)
१९. बिना गुरुङ्ग – कास्की ३ (२८५१ मत)
२०. सुरेश कुमार चौधरी – बाँके १ (२५७४ मत)
२१. धनन्जय रेग्मी – स्याङजा १ (२५५० मत)
२२. सोविता गौतम – चितवन ३ (२४८५ मत)
२३. गणेश धिमाल – बारा १ (२४४१ मत)
२४. दिपक राज बोहरा – कञ्चनपुर २ (२४२७ मत)
२५. तोसीमा कार्की – ललितपुर ३ (२३७९ मत)
२६. आशा झा – मोरङ ५ (२३५७ मत)
२७. खडक राज पौडेल – कास्की १ (२३०६ मत)
२८. यज्ञमणि न्याैपाने – मोरङ १ (२२६९ मत)
२९. सुनिल के.सी. – काठमाडौं २ (२१२६ मत)
३०. डा. लेखजंग थापा – रूपन्देही ३ (२०९० मत)
३१. इन्दिरा राना मगर – झापा २ (१५९९ मत)
३२. बालेन्द्र शाह (बालेन) – झापा ५ (१४७६ मत)
३३. खगेन्द्र सुनार – बाँके ३ (१३६९ मत)
३४. स्वर्णिम वाग्ले – तनहुँ १ (१३५२ मत)
३५. डोल प्रसाद अर्याल – काठमाडौं ९ (११५० मत)
३६. जनक सिंह धामी – कञ्चनपुर १ (९८३ मत)
३७. तौफिक अहमद खान – रूपन्देही ५ (९२५ मत)
३८. ज्ञानेन्द्र सिंह महता – कञ्चनपुर ३ (७८५ मत)
३९. आसिका तामाङ – धादिङ १ (५५४ मत)
४०. विमल पन्त – पाल्पा १ (५३३ मत)
४१. पारश मणि गेलाल – उदयपुर १ (४४९ मत)
४२. गणेश पौडेल – रौतहट ४ (४४३ मत)
४३. जगदिश खरेल – ललितपुर २ (२२८ मत)