पालो नआएपछि सोमवारको मन्त्रिपरिषद् बैठकबाट राष्ट्रिय शिक्षा नीति पास हुन सकेन

काठमाडौं । सोमवार  मन्त्रिपरीषद् बैठकमा पालो नआएपछि  राष्ट्रिय शिक्षा नीति पारित हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको हो । मन्त्रालय स्रोतले बुधवार फेरि क्याबिनेट बैठक बस्ने सूची रहेको र बुधवारकै बैठकले पारित गर्ने जनाएको छ । सोमबारको बैठकमा […]

शिक्षकको सेवा सुविधा निजामतिको भन्दा बढी बनाउने गरी ल्याइएको शिक्षा नीतिको पूरा पाठ यस्तो छ

काठमाडौं । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ ।  मन्त्रिपरिषद अन्तर्गत सामाजिक समितिले यसअघि नै पारित गरी नीतिकाे मस्याैदा मन्त्रिपरिषदमा पेश भएकाे हाे ।  शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । सोमवारको मन्त्रिपरिषद्को बैठकको कार्यसुचीमा […]

राष्ट्रिय शिक्षा नीति आज पारित हुँदै, मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौं । आज राष्ट्रिय शिक्षा नीति पारित हुने भएको छ । शिक्षा नीति पारित गर्न हाल बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको जनाइएको छ । शिक्षा मन्त्रालय स्रोतका अनुसार आइतबार नै शिक्षा नीति ल्याउने प्रयास भएको थियो । नेकपाको सचिवालय बैठकमा भएको ढिलाइका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । सोमवारको मन्त्रिपरिषद्को बैठकको कार्यसुचीमा शिक्षा नीति पनि […]

शिक्षक महासंघ र मन्त्रालयबिचको वार्ताः इसिडि शिक्षक र विद्यालय कर्मचारीको तलब बढ्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघ बिचको वार्तामा विद्यालय कर्मचारी र इसिडी शिक्षकको तलब सुविधा बढाउने सहमति भएको छ । आइतवार भएको वार्तामा स्थायी शिक्षक र निजामति कर्मचारीहरुको तलब बढेको सन्दर्भमा विद्यालय कर्मचारी र इसिडी शिक्षकको पनि तलब बढाउने सहमति भएको वार्तामा सहभागी एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर […]

सहकुलपतिको अधिकार ऐनमै किटान गर्न माग

काठमाडौँ, १ भदौ । प्रतिनिधिसभा, विधायन व्यवस्थापन समितिमा विश्वविद्यालयका सहकुलपतिको अधिकार ऐनमै किटान गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ माथि भइरहेको दफावार छलफलमा सांसदहरुले विश्वविद्यालय सभा र दीक्षान्त समारोहमा मात्र होइन अरु बेला पनि कुलपतिको अनुपस्थितिमा सहउपकुलपतिले अधिकार प्रयोग गर्न सक्ने ऐनमै व्यवस्था गर्न सुझाव दिए । […]

मनोहर माविमा नयाँ भवन

काठमाडौँ, १ भदौ । टोखा नगरपालिकास्थित मनोहर माविको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । नेपाल सरकार, स्थानीय तह र अभिभावकको चन्दा सहयोगबाट निर्मित सो भवनको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आज विद्यालयमा आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन । नगर प्रमुख अधिकारीले सामुदायिक विद्यालयलाई गुणस्तरीय र पूर्वाधार सम्पन्न बनाउन आफूहरुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । विनाशकारी […]

एसइईको पूरक ग्रेडवृद्धि परीक्षा शुरु

भक्तपुर, १ भदौ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक ग्रेड बृद्धि परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । परीक्षामा करीब एक लाख ५० हजार परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी […]

रोजगारी प्रवद्र्धन गर्ने शिक्षा नीति ल्याउने सांसदहरुको दावी

पाल्पा, ३२ साउन । प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले रोजगार प्रवद्र्धन गर्ने शिक्षा नीति ल्याउने बताएकी छिन् । शिक्षा नीतिका कारण बेरोजगारको सङ्ख्या बढ्दो क्रममा रहेकाले नयाँ शिक्षा नीतिले रोजगारका अवसर सिर्जना गर्ने उनको दाबी छ । नेपाल कानून समाजद्वारा आयोजित शिक्षा नीतिसम्बन्धी टाउनहल मिटिङमा आज पाल्पाको तानसेनमा सभापति घर्तीले शिक्षालाई व्यवहारिक […]

पढ्ने बानीको विकासका लागि पुस्तक पठन मेला

बेझाड, ३२ साउन । विद्यार्थीमा पढ्ने बानीको विकास गराउन पाल्पाको रामपुर नगरपालिका–८ मा रहेको गङ्गा माध्यमिक विद्यालयले पुस्तक पठन मेला शुरु गरेको छ । कक्षा शिक्षणसँग सम्बन्धित पाठ्यपुस्तक बाहेक विभिन्न क्षेत्रका पुस्तक नियमित पढ्ने बानी बसाल्न विद्यालयले पुस्तक पठन मेला कार्यक्रम शुरु गरेको हो । शुक्रवारीय अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयले तीन घण्टा शिक्षक र विद्यार्थीलाई एकैसाथ […]

शिक्षकको तलब सुविधा अन्य सेवाभन्दा उच्च बनाउने नीति ल्याउदै सरकार

काठमाडौं । सरकारले शिक्षण पेशाको स्तरीकरणका लागि नयाँ नीति ल्याउन लागेको छ । उक्त नीति अहिले मन्त्रिपरिषदमा पुगेको शिक्षा मन्त्रालयको एक स्रोतले जानकारी दिएको छ । नयाँ आउन लागेको नीतिमा शिक्षकको तलब सुविधा अन्य सेवाका भन्न उच्च राख्ने प्रस्ताव गरिएको छ । नयाँ राष्ट्रिय शिक्षा नीतिकाे प्रस्तावित मस्याैदामा ‘शिक्षकको तलब सुविधा र वृत्ति विकासको अवसरलाई […]