एजेन्सी । चीनमा पछिल्लो समय पूर्व प्राथमिक शिक्षाका लागि खोलिएका विद्यालयको सङ्ख्यामा अत्यधिक वृद्धि भएको पाइएको छ ।
शिक्षामन्त्री चेन बाओशेङले बिहीबार दिएको जानकारीअनुसार देशभरी पूर्व प्राथमिक विद्यालयको सङ्ख्या दुई लाख ६७ हजार पुगेका छन् ।
ती विद्यालयहरूमा ४६.५६ मिलियन बालबालिका जाने गर्दछन् भने ४.५३ जना शिक्षक शिक्षिका रहेका छन् । यो तथ्याङ्क सन् २०१८ को अन्त्यतिरको हो ।
सन् २०१० देखिको तथ्याङ्क हेर्दा पूर्व प्राथमिक शिक्षामा संलग्नहरूको सङ्ख्या अत्यधिक बढ्दै गएको देखिएको उनले बताए ।
नेशनल पिपल्स कङ्ग्रेसको स्थायी समितिको एक कार्यक्रममा बोल्दै शिक्षामन्त्री बाओशेङले पूर्व विद्यालय शिक्षामा वृद्धि हुनु सकारात्मक भएको र त्यसले राम्रा नतिजा दिएको बताए ।