छपन्न विद्यालयमा सुरक्षा योजना

बैतडी, ३२ साउन । दशरथचन्द नगरपालिकाका ५६ सामुदायिक विद्यालयमा विद्यालय सुरक्षा योजना बनाइएको छ । विभिन्न विपद्बाट बालबालिका बढी प्रभावित हुने भएकाले विद्यालय सुरक्षा योजना अघि बढाइएको हो । बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि, २०७५ अनुसार सबै सामुदायिक विद्यालयमा योजना बनाइएको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए । “यसबाट विपद्बाट बच्नका लागि सहयोग पुग्छ”, […]

२४ घण्टे अल्टिमेटम नबित्दै शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्तामा बोलायो

काठमाडौं, ३१ साउन ।  राहत, इसिडी, साविक उमावि शिक्षक तथा विद्यालय कर्मचारीहरुको दरवन्दी सिर्जना गरी तत्काल स्थायी प्रक्रिया लग्न भन्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको शिक्षक महासंघलाई २२ घण्टा बित्न नपाउँदै शिक्षा मन्त्रालयले वार्तामा बोलाएको छ । गत मंगलवार महासंघले शिक्षक कर्मचारीको माग पुरा गर्न भन्दै २४ घण्टे अल्टिमेटम दिएको थियो । तर, बुधवार शिक्षा […]

वैदिक दार्शनिक चाणक्यदेखि र वौद्ध दार्शनिक नागार्जुन जन्माउने विश्वको सवैभन्दा पुरानो विश्वविद्यालय तक्षशिला

काठमाडाैं । तक्षशिला मानव सभ्यताकै सवैभन्दा पुरानो विश्वविद्यालय हो । यो इशापूर्व ७०० मा नालन्दा विश्वविद्यालयभन्दा झन्डै १२ सय वर्ष पहिले स्थापना भएको मानिन्छ । तक्षशिला विश्वविद्यालयमा तत्कालीन अवस्थामा नै १०,५०० विद्यार्थी अध्ययन गर्दथे भने यो विश्वविद्यालयमा आयुर्वेद, धनुर्वेद, हस्तविद्या, त्रयी, व्याकरण, दर्शनशास्त्र, गणित, ज्योतिष, गणना, संख्यानक, वाणिज्य, सर्पविद्या, तन्त्रशास्त्र, संगीत, नृत्य र चित्रकलालगायत ६४ […]

‘म शिक्षामन्त्री भएको भए नैतिकताको आधारमा राजीनामा दिइसक्थे’

काठमाडौं, ३१ साउन । पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरले आफैले बनाएको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न नसक्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नैतिकताको आधरमा राजीनामा दिनुपर्ने बताएका छन् । शिक्षापत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा तुलाधरले भने– ‘म शिक्षामन्त्री भएको भए राजीनामा दिइसक्थे ।’ ‘आफैले बनाएको आयोगको प्रतिवेदनमा एउटा सिफारिस गर्ने, त्यो सार्वजनिक नगरी अर्कै […]

सरुवा र रमना मिलाएर घुस लिने प्रअ र विव्यस अध्यक्ष यसरी परे अख्तियारको फन्दामा

नवलपरासी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसको रकम सहित विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पकाउ गरेको छ । उनीहरुलाई ६५ हजार घुस रकमसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका […]

घुस सहित ब्यबस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक पक्राउ

परासी, ३१ साउन । ६५ हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति र […]

१८ दिनमै दुईपटक पुगे मन्त्री पोखरेल परीक्षा बोर्ड : छोराछोरीले परीक्षा दिने भन्दै निर्देशन

भक्तपुर, ३० साउन । शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले उनीहरु दंग देखिन्थे । हो, बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले […]

एसईई पुनर्योगको नतिजा सार्वजनिक, ८६३ जनाको नतिजा सच्याइयो (हेर्नुहोस सच्याइएको पूरा नतिजा)

भक्तपुर । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको पनिकाले दुई चरणमा पुनर्योगको नतिजा सार्वजनिक गरेको हो । पनिकाले यसअघि एसईई परीक्षाको सार्वजनिक गरेको नतिजामा चित्त नबुझेका विद्यार्थीले नतिजा पुनः जोडनका लागि निवेदन दिएका थिए । पनिकाले निवेदन दिएका मध्ये ८६३ जना विद्यार्थीको ग्रेड सच्याएको छ । […]

शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको की र उत्तरमा सङ्केत ?

 काठमाडौँ, ३० साउन । शिक्षक सेवा आयोगको गत बर्ष भदौमा लिएको परीक्षाको नतिजा प्रकाशित भएसँगै धेरै लामो समयपछि शिक्षक अध्यापन अनुमतिपत्र अर्थात (शिक्षक लाईसेन्स) को विज्ञापनको परीक्षा मिति पनि सार्वजनिक प्रकाशित गरेको छ । यसपालादेखि वस्तुगत प्रश्न ४० अङ्कभारको रहने र वस्तुगत प्रश्नको उत्तर गलत भएमा प्रत्येक गलत उत्तरको २० प्रतिशत कट्टा गरिने भएको छ […]

पठन संस्कृतिको विकास गर्न घुम्ती पुस्तकालय सञ्चालन

राँझा, ३० साउन । ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले पठन संस्कृतिको विकासका लागि वडास्तरीय घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकारको राष्ट्रिय कार्यक्रम तथा १२ औँ राष्ट्रिय पुस्तकालय दिवसको सन्दर्भमा ज्ञानोदयले पठन संस्कृतिको विकास र निरन्तर शिक्षा कार्यक्रमअन्तर्गत घुम्ती पुस्तकालय कार्यक्रम सञ्चालन गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले बताए । उहाँका अनुसार, […]