सोमबार स्थगित राष्ट्रिय शिक्षा नीति आज पारित हुने

काठमाडौं । सोमवार बैठकमा पालो नआएपछि पारित हुन नसकेको राष्ट्रिय शिक्षा नीति आज पारित हुने जनाइएको छ ।अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

सोमबार पारित हुने भनिएको शिक्षा नीति मन्त्रिपरिषद बैठकमा धेरै एजेन्डाहरु भएका कारण पालो नआएकोले स्थगित भएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यले साथ दिएर बैठक लम्बिए आज नीति पारित हुने निश्चित रहेको स्रोतले जनाएको छ ।

सोमबारको बैठकमा १५ भन्दा बढी प्रस्ताव पेश गरिएका थिए । त्यसमध्ये ९ वटा प्रस्तावमा निर्णय भएको थियो । शिक्षा नीति १२ औं नम्बरको प्रस्तावमा रहेको थियो जसले गर्दा छलफल हुनै पाएन।

बुधवारको बैठकमा राष्ट्रिय शिक्षा नीति, चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति र शिक्षक दरबन्दी मिलान गरी शिक्षाका तीनवटा प्रस्ताव पेश हुने जनाइएको छ ।

यसअघि डेढ महिना मन्त्रिपरिषद्कै सामाजिक समितिमा छलफल भएको नीतिको मस्यौदा केही दिन अघि मात्रै मन्त्रिपरिषद्मा पुगेको थियो । मन्त्रिपरिषद्को आजको बैठकमा शिक्षा नीति पारित हुने जनाइएको थियो ।

स्रोतका अनुसार मन्त्रिपरिषद्मा पारितका लागि पुगेको शिक्षा नीतिको मस्यौदामा शिक्षण पेशाको स्तरीकरण गर्न शिक्षकको सुविधा अन्य सेवा भन्दा उच्च बनाउने, शिक्षण पेशामा मेघावी विद्यार्थीहरुलाई आकर्षित गर्ने लगायतका प्रस्ताव उल्लेख छ ।

स्रोतका अनुसार शिक्षक कर्मचारीहरुको सुविधा वृद्धि गर्ने प्रस्तावमा प्रधानमन्त्री त्यति सकारात्मक छैनन् । राज्यलाई तत्कालथप व्ययभार थपिने भन्दै प्रधानमन्त्री शिक्षा नीति प्रति त्यति सकारात्मक नभएको स्रोतले बतायो । तरपनि बुधवार नीति पारित हुने उनले स्पष्ट पारे । प्रधानमन्त्री विहिवार सिंगापुरको भ्रमणमा जाने भएकाले बैठक छोट्टिन सक्ने पनि जनाइएको छ । यदि बैठक छोट्टिए प्रधानमन्त्री आएपछि नीति पारित हुने स्रोतले जनाएको छ ।

Loading...