पोखरा, ८ असोज । विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ । कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो । पछिल्ला […]
शिक्षा
विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण
राजापुर, ८ असोज । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ । आव २०७६÷७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, […]
चेम्बरद्वारा छात्रवृत्ति प्रदान
काठमाडौँ, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट वञ्चित पाँच छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । चेम्बरले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न प्रदेशबाट ती छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको हो । छात्रवृत्ति प्राप्त गर्नेमा प्रदेश १ बाट अनु पौडेल (सङ्खुवासभा) र मेनुका गुरुङ (सुनसरी), प्रदेश नं २ […]
शिक्षाका सह-सचिवहरुको ब्यापक सरुवा
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको ब्यापक सरुवा गरेको छ । मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीका धेरै सह-सचिवहरुलाई एकसाथ सरुवा गरिदिएको हो । मन्त्रालय श्रोतका अनुसार शिक्षा मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको योजना महाशाखा प्रमुखको रुपमा रहेका बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ भने उनको ठाउँमा अस्ट्रेलियाबाट भर्खरै अध्ययन बिदा सकाएर फर्केका सह-सचिव […]
शिक्षा र स्वास्थ्यको दायित्व राज्यले लिनुपर्छ : डा भट्टराई
काठमाडौँ, ७ असोज । समाजवादी पार्टी, नेपालका सङ्घीय अध्यक्ष डा बाबुराम भट्टराईले शिक्षा र स्वास्थ्य सबैको अधिकार भएकाले राज्यले पूर्ण दायित्व लिई निःशुल्क गर्नुपर्ने बताएका छन । समाजवादी विद्यार्थी युनियनले आज यहाँ आयोजना गरेको ‘विश्वविद्यालयमा दलीय भागबण्डाको अन्त्य र शिक्षा क्षेत्रको सुधार’ विषयक अन्तरक्रियामा उनले उच्च शिक्षासम्म राज्यले सबै खर्च व्यहोर्नुपर्नेमा जोड दिए । अध्यक्ष […]
शिक्षक लाइसेन्स परीक्षाका लागि माध्यमिक र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक
काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको लागि माध्यमिक तह र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र […]
शिक्षक लाइसेन्सको परीक्षाबारे परेको रिट सर्वोच्चमा खारेज, ५ पटक सरेको लाइसेन्स परीक्षाको अवरोध हट्यो
काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले […]
फर्किए विद्यार्थी, जोगिए विद्यालय
बलेवा, ७ असोज । गत शैक्षिक सत्रमा सातजना शिक्षक रहेको विद्यालयमा छजना मात्रै विद्यार्थी थिए । भएका विद्यार्थीसमेत नियमित विद्यालय नआउने गरेका कारण विद्यालय सधैं सुनसान जस्तै हुन्थ्यो । बागलुङ बजार नजीकै रहेको गणेश प्राथमिक विद्यालयमा विद्यार्थी कम भएको धेरै समय भइसकेको थियो । बागलुङ नगरपालिका–४ पाखाथरका अधिकाँश विद्यार्थी बागलुङ बजारका निजी विद्यालयमा गएपछि विद्यालय […]
दुई सय विद्यार्थीलाई निःशुल्क चश्मा
गलकोट, ७ असोज । नेत्रज्योति सङ्घ बागलुङले यस वर्ष २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको छ । चालीसौँ राष्ट्रिय सामाजिक सेवा दिवसका अवसरमा सोमबार सङ्घले जिल्लाका २०० विद्यार्थीलाई निःशुल्क चश्मा वितरण गरेको जानकारी दिएको हो । सङ्घले वार्षिकरूपमा गर्दै आएको निःशुल्क आँखा शिविरका क्रममा आँखाको दृष्टि कमजोर भई चश्मा लगाउनुपर्ने विद्यार्थीलाई एकमुष्टरूपमा चश्मा वितरण गरेको […]
कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस्)
भक्तपुर, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख÷जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ […]











