विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण

राजापुर, ८ असोज । बर्दियाको राजापुर नगरपालिका वडा नं ६ ले २६५ विपन्न, दलित तथा द्वन्द्वपीडित विद्यार्थीलाई छात्रवृत्ति तथा पोशाक वितरण गरेको छ । सामुदायिक विद्यालयका विद्यार्थीको शैक्षिक गुणस्तरमा सुधार गर्दै उपलब्धि बढाउन कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको वडा कार्यालयले जनाएको छ ।

आव २०७६÷७७ का लागि वडा नं ६ अन्तर्गतका मानपुर मावि टपरा, नेपाल राष्ट्रिय प्रावि जोगीपुर र प्रावि पहाडीनगरका विद्यार्थीलाई मङ्गलबार एक कार्यक्रमका बीच छात्रवृत्ति तथा पोशाक वितरण गरिएको हो । वडा कार्यालयले विद्यार्थीको पढाइका लागि गरेको सहयोगको कार्य अनुकरणीय र उदाहरणीय रहेको स्थानीय अभिभावक रामकुमार थारूले बताए ।

Loading...