राजनीतिमा लागेका करिब ४ सय शिक्षकले राजीनामा दिए

काठमाडौं, पुस ९ । सर्वोच्च अदालत र निर्वाचन आयोगले समेत विश्वविद्यालय र विद्यालयका शिक्षक कर्मचारीलाई राजनीति गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । नेपाली काँग्रेसको महाधिवेशन चलिरहेका बेला सर्वोच्च अदालतले प्रतिनिधि भएका शिक्षकहरूलाई मतदानमा रोक लगाउन आदेश दिएको थियो । यसैबीच शिक्षा, विकास तथा मानव स्रोत केन्द्रले राजनीतिमा लाग्ने शिक्षकले तत्काल राजीनामा दिनुपर्ने उल्लेख गर्दै सबै […]

त्रिविमा खुला प्रतिस्पर्धा नरोक्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौं, ९ पुस । त्रिभुवन विश्वविद्यालयको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । त्रिवि सेवा आयोगले गत […]

शिक्षक सेवाको विज्ञापन खारेज गर्न माग

काठमाडौं, पुस ८ । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त्यसलाई संशोधन या खारेज गर्न माग शाहले माग गरेका हुन् । ‘प्रदेश २ […]

एसईई खारेज गर्ने विषयमा छलफलमा छौं – शिक्षामन्त्री पौडेल

काठमाडौं, ८ पुस । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले १० कक्षाका विद्यार्थीले दिने माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणाली खारेज गर्ने विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको बताएका छन् । सरकारले यस अगाडि नै कक्षा १२ सम्म विद्यालय तह घोषणा गरिसकेकाले एसईई गर्ने कि नगर्ने भन्ने विषयमा मन्त्रालयमा दैनिकजस्तो छलफल चलिरहेको बताए । साथै, उनले साढे १७ […]

त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोह आज

काठमाण्डौ, पुस ५। त्रिभुवन विश्वविद्यालयले आज ४७ औँ दीक्षान्त समारोह मनाउँदै छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुमा हुने समारोहमा प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाले अध्यक्षता गर्ने छन् । दीक्षान्त समारोहमा यसपालि एमफिल र पीएचडी उत्तीर्ण विद्यार्थी सहभागी हुनेछन् । २०७७ साल असार १ गतेदेखि २०७८ साल जेठ ३१ गतेसम्म सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार […]

माध्यमिक शिक्षकको नयाँ पदपूर्तिको आह्वान

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ। नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम […]

छैठौं व्यवस्थापन तथा आइटी शैक्षिक मेला हुँदै

काठमाडौँ । ‘स्टडी इन नेपाल’भन्ने मूलनाराका साथ आगामी बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आई. टी. सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । युनिभर्सल थट कन्सल्टले आगामी पुस १ र २ गते (बिहीबार र शुक्रबार) काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआईटी, बीबीए, बीएससी, सीएसआईटी, बीएलटी, बीआईएम, बीएचएम, बीबीआईएस, […]

इसीडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको जानकारी दिएका हुन्। ‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको […]

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौँ – कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर […]

शिक्षामन्त्री पौडेल एकाएक पुगे विश्वनिकेतन मावि त्रिपुरेश्वरमा छड्के हान्न

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको निरीक्षण गरेका छन् । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा मन्त्री पौडेल विद्यालयमा पुगेर प्रत्येक कक्षा कोठाको निरिक्षण गरेका थिए ।   अनुगमनका क्रमममा मन्त्री पौडेलले भविष्यका कर्णधार बनाउने जिम्मा शिक्षकको काँधमा रहेको भन्दै त्यसतर्फ गम्भीर भएर लाग्न समेत शिक्षकहरुलाई निर्देशन दिएका छन् । यस […]