माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

पुस २६ काठमाडौं ।  

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका  सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनु भएको छ   ।

आइतवार बसेको सीसीएमसीकाे बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।

Loading...