नारायणहिटी प्रकरण : छानविन समितिले भन्यो संरचना बनाउन दिने ठेक्का प्रक्रिया नै गलत

पुस २६,काठमाडौं ।

नारायणहिटी दरबार संग्रहालय परिसरमा जागा भाडामा लगाउइ  रेष्टुरेन्ट सञ्चालनका लागि संरचना बनाउन  दिइएको ठेक्का प्रक्रिया नै गलत रहेको ठहर गरिएको छ ।

नारायणहिटी दरबार संग्रहालयभित्र बन्न लागेको रेष्टुरेन्टको विषयमा बिबाद भएपछी गठित छानबीन  समितिले बतास समूहलाई ठेक्का दिने प्रक्रिया नै गलत भएको निष्कर्ष निकालेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सहसचिव होमप्रसाद लुइटेलको संयोजकत्वमा नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रेष्टुरेन्टलगायतका व्यवसाय गर्न बतास समूहलाई दिने हालसम्मका निर्णय प्रक्रियाको छानबिनका लागि गएको बिहिबार २२ गते एक छानबिन समिति गठन भएको थियो ।

ठेका लिएका बतास समुहले सम्झौता भएको भन्दा बाहेक  १४ रोपनी जग्गा कब्जा गरेको समितिले छंबिन बिनाबात  खुलेको छ ।

सो समूह संग गरिएको सम्झौतामा नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेष नारायण दाहालले  बतासलाई ठेक्का दिंदा मौखिक रुपमा सम्झौता गरेको प्रतिवेदनमा उल्लेख छ । 

 

Loading...