झारफुकको नाममा किशोरीको हत्या आरोपमा एक महिलालाई प्रक्राउ

पुस२५ ,काठमाडौं ।

झारफुकको नाममा किशोरीको हत्या आरोपमा एक महिलालाई प्रहरीले पक्राउ  गरेको छ ।

सिन्धुपाल्चोक चौतारा घर भएर हाल भक्तपुर ठिमी बस्ने १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा  काठमाडौंको नार्गाजुन नगरपालिका–१ मा झारफुक केन्द्र संचालन गर्दै आएकी आफूलाई माता बताउने उमा शाही ठकुरीलाइ आज प्रहरीले पक्राउ  गरेको हो  ।

निकै गम्भीर अवस्थामा  शनिबार मनमोहन अस्पतालमा बालिकालाई उपचारका लागि ल्याइएको र मृत्यु भएपछि प्रहरी पुग्दा जिउभरी घाउदेखिएपछि अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर काठमाठौंका प्रवक्ता दिनेशराज मैनालीले  जानकारी दिनुभयो  ।

झारफुक गर्दा भएको घाउ चोटपटकका कारण ति बालिकाको मृत्यु भएको खुलेपछि थप अनुसन्धान गर्दा झारफुक गर्ने महिलालाई पक्राउ गरिएको उनको भनाइ छ  । 

बालिकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

Loading...