माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौं । कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ ।

आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।

सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् ।

बैठकको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा प्रशासन मन्त्रालयलाई पठाउने निर्णय गरिएको छ ।

सीसीएमसीको बैठकको निर्णयमा भनिएको छ– “देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले आगामी माघ १५ सम्म हिउदे विदा दिन र सबै अभिभावक वर्गहरुमा आफ्ना छोराछोरी स्कूल नपठाउन अनुरोध गर्नेगरी सूचना गर्ने । हिउदे विदाकै अवधिमाम १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समूहका खोपको पूर्ण मात्रा नलगाएका शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ती गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान सञ्चालन गर्न सहजिकरण गर्ने ।”

Loading...