शिक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । ‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ’, खड्काले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

पौडेल अहिले होम आइशोलेसनमा छन् ।

Loading...