प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

काठमाडौ, २६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री देउवाको निजी सचिवालयले उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए ।

प्रचण्डलाई शनिबार बिहान कोभिड संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड सहभागी भएका थिए । प्रचण्डलाई कोभिड देखिएपछि देउवालाई पीसीआर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएका थिए ।

Loading...