काठमाडौ, २७ पुस । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूका लागि ७ बुँदे सूचना जारी गरेको छ। पुस २७ देखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको मन्त्रालयले यसबीचमा विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ। बिदा अवधिमा विद्यालयका प्रधानाध्यापकले स्थानीय तहमा रहेको स्वास्थ्य चौकीसँग सम्पर्क गरी १२ देखि १७ […]
शिक्षा
शिक्षामन्त्रीमा कोरोना संक्रमण पुष्टि
शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार बिहान उनको स्वाब परीक्षणका लागि दिइएकामा बेलुका कोरोना पोजेटिभ रिपोर्ट आएको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । ‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ । रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो । अहिले उहाँको […]
विद्यालयहरु भोलिदेखि माघ १५ सम्म बन्द हुने, विश्वविद्यालयको परीक्षा नरोकिने
काठमाडौं, २६ पुस । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र […]
अपहरित ३० शिक्षक र विद्यार्थीको छ महिनापछि उद्धार
काठमाडौ, २६ पुस । उत्तरी नाइजेरियाको एक विद्यालयबाट छ महिनाअघि अपहरण गरिएका शिक्षक र विद्यार्थी गरी ३० जनाको छ महिनापछि उद्धार गरिएको छ । उनीहरुलाई छ महिनाअघि उत्तरी नाइजेरियाको केबेइ प्रान्तबाट अपहरण गरिएको थियो । त्यहाँ अवस्थित एक विद्यालयमा आक्रमण गरेर आतंककारीहरुले उनीहरुलाई अपहरण गरी लगेको थिए । ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको […]
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
पुस २६ काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा मन्त्रालयमा सोमबार भएको छलफलमा कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको निर्णय अनुसार जाने निर्णय भएको शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले जानकारी दिनु भएको छ । आइतवार बसेको सीसीएमसीकाे बैठकले कोरोनाको […]
माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस
काठमाडौं । कोभिड–१९ व्यवस्थापन समिति (सीसीएमसी) ले आगामी माघ १५ गतेसम्म कक्षा दशसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतवार बसेको कोरोनासम्बन्धी बैठकले कोरोनाको जोखिम बढेको भन्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो । सीसीएमसी समन्वय केन्द्रकी प्रवक्ता सुनिता नेपालले कोरोना बढ्दै गएकाले बैठकले सो निर्णय गरेको बताइन् । बैठकको निर्णय […]
एसईई परीक्षा वैशाखमा हुने
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा हुने भएको छ । कोरोना महामारीका कारण असारमा मात्र पठनपाठन सुरु भएकाले करिब एक महिना ढिलो गरी एसईई लिने तयारी गरिएको हो । नियमित तालिकाअनुसार परीक्षा चैतमा एसईई हुने गर्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ७७ वटै जिल्ला र पालिकाबाट चैतभरि पठनपाठन गर्ने सुझाव आएकाले एसईई […]
प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि बुधबार विज्ञापन खुल्दै
काठमाडौं,१३ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म […]
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त
काठमाडौं, ९ पुस । सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने […]
शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुला गर्ने सरकारको तयारी
काठमाडौं, पुस ९ । शिक्षा मन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवामा साढे १७ हजार अपुग दरबन्दी खुल्ला गर्ने तयारीमा सरकार रहेको बताएका छन्। बिहिबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पौडेलले शिक्षक सेवा आयोगलाई सक्रिय बनाएर साढे १७ हजार शिक्षकको दरबन्दी अपुग रहेकाले खुल्ला गर्ने तयारीमा रहेको बताए। […]







