शिक्षक पदस्थापनमा गाईजात्रा : महिना दिन बित्दापनि माध्यमिक तहको पदस्थापन हुन सकेन

काठमाडौं । एक महिना बितिसक्दा पनि खुला प्रतिस्पर्धाबाट छानिएका माध्यमिकतहका शिक्षकहरुको पदास्थापन हुन सकेको छैन । गत जेठ मै शिक्षक सेवा आयोगले छानिएका शिक्षकहरुको सिफारिस गरिसक्दा समेत आजसम्म शिक्षकहरुको पदास्थापन हुन नसकेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ले भने आयोगले मागे भन्दा बढी संख्यामा शिक्षक सिफारिस गरेकाले पदास्थापन गर्न नसकिएको जनाएको छ । […]

शिक्षक सेवा आयोगले बढुवा हुने शिक्षकहरुका लागि निकाल्यो जरुरी सूचना

काठमाडौं । शिक्षक सेवा आयोग अन्तर्गतको शिक्षा विकास निर्देशनालय धनकुटाले शिक्षकहरुको बढुवा सूची निकालेको छ । सबैभन्दा बढी अंक प्राप्त गरेको आधारमा उनीहरुको बढुवा सूची निकालिएको हो । यस्ताे छ बढुवा हुनेहरुकाे सूची

शिक्षक लाईसेन्सको तयारी गरिरहेका सबैले जान्नैपर्ने केही कुरा

काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान गर्नमा महत्वपूर्ण भूमिका खेलेको हुन्छ । गुणस्तरीय शिक्षण सिकाइको प्रत्याभूतिका लागि गुणस्तरयुक्त शिक्षकलाई भित्र्याउन, शिक्षकलाई क्षमतावान र सिपयुक्त बनाउन, गुणस्तर सुधार गर्न तथा शिक्षकको दक्षता परीक्षण गर्न, शिक्षक नियुक्तिको विकृति हटाउन र नककली प्रमाणपत्रको प्रवेशलाई रोक्न अध्यापन गर्नुपर्ने विषयमा ज्ञान, सिप, अभिवृद्धि, मूल्य र कार्यसम्पादन गर्न सक्ने […]

कर्मचारीलाई पैसा खुवाएर तीनवटा ‘गोल्डमेडल’ लिने कोइराला ८० हजारमै छुटे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई पैसा दिएर तीन वटा गोल्ड मेडल लिने सुरेन्द्र काेइरालालाइ ८० हजार धराैटीमै छुटेका छन् । बल्खुमा रहेकाे त्रिविकाे परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाइ ठूलाे रकम दिएर तीन वटा गाेल्ड मेडल लिएकाे खुलेपछि काेइराला पक्राउ परेका थिए । विषेश अदालतले अधिवक्तासमेत रहेका कोइरालासँग ८० हजार रुपैयाँ धरौटी मागेको हो। परिक्षा नियन्त्रण कार्यालयको […]

खजुरा र लिवाङमा कृषि क्याम्पस सञ्चालन हुने

२ साउन, काठमाडौं ।  तथा वन विज्ञान विश्वविद्यालयलले आउँदो शैक्षिक सत्रबाट दुई वटा आङ्गिक क्याम्पस थप गर्ने भएको छ । बाँकेको खजुरा र रोल्पाको लिवाङस्थित माडीचौरमा कृषि स्नातक पढाउने गरी आङ्गिक क्याम्पस थप गर्ने भएको हो । विश्वविद्यालयका रजिष्ट्रार प्रा डा मनराज कोलक्ष्यपतिका अनुसार ती दुवै स्थानको जग्गा विश्वविद्यालयको नाममा आइसकेको छ । विश्वविद्यालयले जनशक्ति […]

पहिले प्यार अहिले मार : आन्दोलनरत अस्थायी शिक्षकहरुमाथि प्रहरीको लाठी चार्ज

जनकपुर । मौका परीक्षामा अनुत्तीर्ण भएको भन्दै सरकारले सुविधा लिएर बस्न ताकेता गरेपनि आन्दोलनको मैदान नछोडेका अस्थायी शिक्षकहरुमाथि लाठी चार्ज भएको छ । आफ्नो रोजीरोटी खोसिन नहुने माग राख्दै सरकारको सुविधा प्याकेज अस्वीकार गरेका अस्थायी शिक्षकहरु जनकपुरमा प्रहरीको निसानामा परेका हुन् । बुधबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि चक्काजाम गरेपछि उनीहरुमाथि लाठि चार्ज भएको […]

अन्तराष्ट्रिय मन्चमा शिक्षा मन्त्रीको दावी- निःशुल्क शिक्षा प्रदान गर्ने दायित्व सरकारले बहन गर्छ

न्युर्योक, १ साउन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विश्व समुदाय सामु दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि नेपाल सरकार प्रतिवद्ध रहेको प्रस्ट्याएका छन् अमेरिकाको न्युर्योकमा युनेस्कोद्वारा आयोजित दिगो विकास लक्ष्य–४ सम्बन्धी उच्चस्तरीय राजनीतिक मन्चलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले नेपालले आधारभूत शिक्षामा लैगिक समानता हासिल गरिसकेको र माध्यमिक शिक्षामा पनि लैंगिक समानता हासिल हुने […]

खलासीजस्तो देखिएको भन्दै प्रिन्सिपलले कुटे शिक्षक

भोजपुर १ साउन्। भोजपुरमा आफ्नै प्रिन्सिपलबाट एक शिक्षक कुटिएका छन्। सदरमुकामस्थित स्थानीय सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै शिक्षक अतित अधिकारीमाथि हातपात गरेका हुन् । आइतबार बिहान खाना खाएर विद्यालय जाने तयारी हुने क्रममा आफूलाई प्रिन्सिपल आलेले आफ्नै चेम्बरमा बोलाएर टाइ र कोट नलगाएको निहुँमा कुटपिट […]

केयूमा अब प्राविधिक शिक्षामा स्नातकोत्तर

काठमाडौं, साउन १ । काठमाडौँ विश्वविद्यालयको स्कूल अफ एजुकेसनले दक्षिण एशियामै पहिलो पटक प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम (टीइभीटी) लक्षित स्नातकोत्तर तह कार्यक्रम शुरु गरेको छ । देशमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमको विकास गर्न प्रत्येक स्थानीय तहमा एक प्राविधिक शिक्षालयको विकास गर्ने लक्ष्य रहेको सरकारले घोषणा गरेको थियो । देशका ७० प्रतिशत युवाले प्राविधिक […]

लोकसेवा विज्ञापनविरुद्ध माइतीघरमा वृहत्त जनप्रदर्शन हुँदै

काठमाडौं, ३१ असार । लोकसेवाको विज्ञापनविरुद्ध आज मंगलबार काठमाडौंको माइतीघरमा वृहत्त जनप्रदर्शनको आह्वान गरिएको छ ।आरक्षण बचाऔ आन्दोलन तथा नेपाल आदिवासी जनजाति महासंघले लोकसेवा आयोगको असंवैधानिक विज्ञापन रद्द गर्न माग गर्दै आज ११ बजे माइतीघरमा जुलुससहित वृहत्त जनप्रदर्शन हुन लागेको हो । लोकसेवा आयोगले गत जेठ १५ गते स्थानिय तहमा गरेको विज्ञापनको विरोध गर्दै आदिवासी […]