माध्यमिक तहको पदस्थापना शुरु, यस्ता छन् पदस्थापनाका ५ आधार (पदस्थापन हुनेहरुको नामावलीसहित)

भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको छ । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावली सहित शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरु पठाएको हो ।

अब जिल्ला स्थित समन्वय इकाइले भटाभट शिक्षक पदस्थापना गर्ने जनाइएको छ । ननस्टप खबरले शुक्रवार एकमहिना बितिसक्दा समेत खुलाप्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना नभएको समाचार प्रकाशित गरेको थियो । लगत्तै साँझ केन्द्रले शिक्षक पदस्थापनाका लागि विषयगत नामावली र नियुक्तिका आधार सहित समन्वय इकाइहरुलाई पत्र पठाएको छ ।

केन्द्रले शुक्रवार शिक्षक सेवा आयोगबाट स्थायी शिक्षक नियुक्तिका लागि प्राप्त सिफारिस र यस केन्द्रको साउन १ को निर्णयबमोजिम त्यस इकाइबाट नियुक्ति हुने उम्मेदवारहरुको विषयगत नामावली पठाएको हो ।

शिक्षक नियुक्ति तथा पदस्थापनका आधार सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयबमोजिम यस केन्द्रको मिति असार २ को प्राथमिकताक्रमअनुसार जिल्ला छनौट फाराम भर्न गरिएको सूचनानुसार सम्बन्धित उम्मेदवारहरुले भरी पेश गरेको प्राथमिकताक्रम अनुसार, समान तह र विषयको रिक्त स्वीकृत दरबन्दीमा अस्थायी रुपमा कार्यरतलाई पहिलो, अपाङ्ग क र ख श्रेणीलाई दोस्रो, महिला ( स्थायी ठेगाना, बसाई सराई एवं विवाह दर्ताको प्रमाणपत्रबाट खुल्ने ) लाई तेस्रो र अन्यको हकमा योग्यताक्रमलाई चौथो प्राथमिकताको आधारमा उल्लिखित साविकका विज्ञापित विकास क्षेत्र एवं विषय अनुसार नै जिल्ला निर्धारण गरिएको केन्द्रले जनाएको छ ।

शिक्षा नियमावली २०५९ ( संशोधन सहित ) बमोजिम सम्बन्धित इकाइ प्रमुखले स्थायी नियुक्तिका लागि तोकिएको नियुक्तिको ढाँचा अनुसार स्थायी नियुक्ति पत्र दिने र साविकका नवलपरासी र रुकुम जिल्लाको हकमा साविकका जिल्लाले हालको नयाँ जिल्लासँग समन्वय गरी नियुक्ति दिने व्यवस्था गर्न केन्द्रले आग्रह गरेको छ ।

केन्द्रले शिक्षक सेवा आयोगले मागे भन्दा बढी संख्यामा शिक्षक सिफारिस गरेकाले पदस्थापना गर्न ढिलाइ भएको जनाएको थियो । आयोगमा ५०३ रिक्त दरबन्दी संख्या पदपुर्तीका लागि पठाइएको भएपनि आयोगले गत जेठमा एक हजार ९७ जनाको नाम सिफारिस गरेपछि ५९४ शिक्षकलाई पदस्थापनामा समस्या भएको केन्द्रले जनाएको थियो । अहिले केन्द्रले बाँकी शिक्षकलाई ७७ जिल्लामै बाँडेर पदस्थापनाका लागि एकमुष्ठ रुपमा पठाएको छ ।

हेर्नुहोस् पदस्थापनाका लागि पठाइएको शिक्षकहरुको नामावलीः

शिक्षक नियुक्ति तथा पदस्थापनाका आधारहरुः

१. सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो जिल्ला अन्तर्गत रिक्त रहेको तह र विषयगत दरबन्दी संख्या अनुसार शिक्षकहरुलाई गाँउ नगरपालिका रोज्न लगाउने ।

२. उल्लिखित शिक्षक नियुक्ति तथा पदस्थापनका आधारहरु बमोजिम तह, विषय र सिफारिस भएको गाँउरनगरपालिका खुलाई स्थायी नियुक्ति पत्र दिने ।

३ .बिद्यालयमा पदस्थापन गर्न स्थायी नियुक्ति प्राप्त गरेका विषयगत शिक्षकहरुको नामावली र विधालयगत रिक्त दरबन्दीको विवरण सम्बन्धित गाँउ नगरपालिकालाई उपलब्ध गराउने ।

४. शिक्षा विकास तथा समन्वय इकाइबाट प्रा. बिवरणका आधारमा स्थानीय तहले शिवा नियमावली अनुसार तह, कक्षा, विषय र विद्यार्थी संख्याको आधारमा विद्यालय रोज्न लगाई पदस्थापन गर्ने ।

५, शिक्षा विकास तथा समन्वय इकाइले नियुक्त गरिएका शिक्षकहरुको एकमुष्ट नामावली मात्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने

Loading...