कर्मचारीलाई पैसा खुवाएर तीनवटा ‘गोल्डमेडल’ लिने कोइराला ८० हजारमै छुटे

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई पैसा दिएर तीन वटा गोल्ड मेडल लिने सुरेन्द्र काेइरालालाइ ८० हजार धराैटीमै छुटेका छन् । बल्खुमा रहेकाे त्रिविकाे परिक्षा नियन्त्रण कार्यालयका कर्मचारीलाइ ठूलाे रकम दिएर तीन वटा गाेल्ड मेडल लिएकाे खुलेपछि काेइराला पक्राउ परेका थिए ।

विषेश अदालतले अधिवक्तासमेत रहेका कोइरालासँग ८० हजार रुपैयाँ धरौटी मागेको हो। परिक्षा नियन्त्रण कार्यालयको गोप्य शाखाका कार्यरत अधिकृत राम कर्माचार्यसँग पनि ८० हजार रुपैयाँ धरौटी मागेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवै जनाविरुद्ध जनहीँ चार लाख ५० हजार रुपैयाँको विगो दावी गरेको थियो। तीन वटा विषयमा स्नातकोत्तर गर्दा कोइरालाले त्यस भित्रका विभिन्न १५ वटा विषयको नम्बर सच्याएको आरोप लागेको थियो। गोप्य शाखाका प्रमुख कर्मचार्यले मार्क स्लिपबाट मार्क लेजरमा नम्बर सार्दा ‘थपेको तथा फेरेको’ अख्तियारको दावी थियो।

‘ एउटा विषयमा केवल ९ नम्बर मात्र आएको मार्क स्लिपमा देखिन्छ तर मार्क लेजरमा अगाडि ५ थपेर ५९ बनाइएको छ’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्। कर्मचार्यलाई राजधानीकै एउटा कलेजमा बिहानको जागिर लगाएपछि उनीसँग कोइराला नजिकिएको र अन्य एक जनाको पनि नम्बर सच्याएको अख्तियारको दावी थियो।

Loading...