पेरुमा सडक दुर्घटना, १९ जनाको मृत्यु

लिमा, २७ कात्तिक । पेरुको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् । पेरु प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब ३०० मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहर नजिक भएको हो । […]

भ्रमण वर्षको सन्देश ७१ देशमा एकै पटक

चितवन, २७ कात्तिक । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरेर ठूलो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्र्याउन विश्वभर प्रचार अभियानमा सरकार जुटेको छ । भ्रमण वर्षको सङ्घारमा पर्यटकीय क्षेत्र सौराहामा ७१ देशका संरक्षणकर्मी जुटेका छन् । यसैलाई अवसरका रुपमा लिएर सरकारी र गैरसरकारी क्षेत्रबाट यहाँका पर्यटकीय महत्वका बारेमा उनीहरुमार्फत सन्देश पु¥याउने काम भइरहेको छ । […]

विदेशीलाई नागरिकता दिलाएको अभियोगमा ६ जना जेल चलान

भद्रपुर, २७ कात्तिक । झुठा विवरणका आधारमा १६ जना विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाउन सघाएको अभियोग लागेका झापाका दुई कर्मचारीसहित ६ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् । झापा जिल्ला अदालतको कात्तिक २५ गतेको आदेश अनुसार सबै ६ जनालाई झापा जिल्ला कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । […]

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

नयाँ दिल्ली, २७ कात्तिक । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरुले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषित कणहरु भेटिन पुगेको उनीहरुको भनाई रहेको यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदुषणको मात्रा अघिल्ला दिनहरुका तुलनामा बढेको र […]

अमेरिकी राष्ट्रपति कार्टर अस्पताल भर्ना

वासिङ्टन, २६ कात्तिक । अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ । पूर्व राष्ट्रपतिहरूमध्ये सवैभन्दा जेष्ठ ९५ बर्षीय पूर्व राष्ट्रपति कार्टरलाई सोमबार बेलुकातिर भर्ना गरिएको कार्टर सेन्टरले जनाएको छ । इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् । उनि यसअघि यही अक्टोर २२ तारिखका दिन पनि अस्पताल […]

मेक्सिकोले बोलिभियाका मोरालेसलाई राजनीतिक शरण दिने

मेक्सिको सिटी, २६ कात्तिक । मेक्सिकोको विदेश मन्त्रालयले हालै बोलिभियाको राष्ट्रपतिबाट राजिनामाको घोषणा गरेका इभो मोरालेसलाई राजनीतिक शरणार्थीको रूपमा स्वीकार गर्ने जानकारी गराएको छ । विदेशमन्त्री मार्सेलो एब्राडले पत्रकार सम्मेलनमार्फत मोरालेसलाई शरण दिइने कुरा सार्वजनिक गरेका हुन । उनले भने, “मेक्सिकोको विदेश मन्त्रालयले बोलिभियाली नेतालाई शरणार्थीका रूपमा स्वीकार गर्न तयार छ । आवश्यकतामा मानवीयता र […]

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

गाजा सिटी, २६ कात्तिक । इजरायलको सेनाले प्यालेष्टिनी इस्लामिक जिहादी लडाकू समूहका नेताको घरमा मङ्गलबार बिहानै गरेको कारबाहीमा उक्त समूहका कमाण्डर बहा अबु अल–अताको मृत्यु भएको छ । घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई […]

इराकमा निर्वाचन गर्न अमेरिकाको आग्रह

वासिङ्टन, २५ कात्तिक । इराकमा समय अगावै संसदीय निर्वाचन गर्न अमेरिकाले इराकी अधिकारीहरुलाई आग्रह गरेको छ । इराकमा हिंसात्मक आन्दोलन जारी रहेकाले अमेरिकाले सो आग्रह गरेको हो । इराकमा निर्वाचनको माग गर्दै यहाँका नागरिकले आन्दोलन गरिरहेका छन् । सो आन्दोलन हिंसात्मक भएकोले प्रहरी कारबाहीमा प्रदर्शनकारीको ज्यान पनि गएको छ । उनीहरुले निर्वाचनको माग गरेर आन्दोलन […]

चिनियाँ उपभोक्ताले ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद गरे

शाङ्घाई, २५ कात्तिक । चिनियाँ उपभोक्ताले एकै दिन सोमबार १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको यस विश्वकै सर्वाधिक ठूलो २४–घण्टे यस सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए । चीनमा पछिल्ला वर्षहरुमा “वर्षमा एक दिन” सिङ्गल्स डे नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस […]

बोलिभियाका राष्ट्रपति मोरालेसद्वारा राजिनामा, १४ वर्षे शासन ढल्यो

ला पाज, २५ कात्तिक । दक्षिण अमेरिकी राष्ट्र बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार राजिनामा दिएका छन । विगत तीन सातादेखि हिंसात्मक प्रदर्शन जारी रहेको अवस्थामा देशको सेना र प्रहरीले पनि राष्ट्रपतिका कदमलाई समर्थन नगर्ने घोषणापछि राष्ट्रपति मोरालेसले राजिनामा दिएका हुन । राष्ट्रपति मोरालेसको राजिनामाको घोषणासँगै राजधानी ला पाजमा विशाल जुलुस निकालिएको थियो । बामपन्थी राजनीतिज्ञ […]