त्रिपोलीको शैक्षिक संस्थामा हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिए

त्रिपोली, २० पुस । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको छ । सो आक्रमणबाट अरु १८ जना घाइते भएका पनि सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । ‘प्रारम्भीक विवरणअनुसार घटनामा परी २८ विद्यार्थी मारिएका […]

जापानले फेरि माग्यो २३ सय नेपाली कामदार

काठमाडौं, २० पुस । जापान रोजगारीमा नेपाली युवाको अपेक्षित सहभागिता हुन नसकिरहेका बेला जापानले झण्डै दुई हजार बढी कामदार लैजाने तयारी गरेको छ ।जापान फाउण्डेसनले यही जनवरीमा एक हजार र आगामी मार्चमा एक हजार ३०० नेपाली कामदार लैजाने तयारी थालेको छ । फाउण्डेसनले एक सूचना जारी गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । जनवरी ७, […]

गोली हानाहान हुँदा गोरखाका अर्जुन थापा मगरको मृत्यु

काठमाडौं, १७ पुस, काठमाडौं । भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् । जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेको भारतीय […]

ट्रम्पले दिए नयाँ वर्षको शुभकामना भने ‘यो चेतावनी होइन, धम्की हो’

एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् । इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो । सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले […]

मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरुको न्यूनतम तलब १२०० रिङ्गिट हुनैपर्ने

काठमाडौँ, १५ पुष । वैदेशिक रोजगारीका लागि मलेसियाका लागि मागपत्र पेश गर्दा नेपालीहरु कोन्यूनतम तलब १२०० अनिवार्य हुनुपर्ने भएको छ । दूतावासले श्रम सम्बन्धी मागपत्रहरुमा अनिवार्य रुपमा न्यूनतम तलब १२०० रिङ्गिट तोकि सोही अनुसार पेश गर्न सावर्जनिक सूचना जारी गरेको छ । त्यो भन्दा कम तलब राखेर मागपत्र बुझाए दूतावासले त्यसलाई प्रमाणकरण नगर्ने भएको छ […]

अमेरिकामा ७ महिने शिशु मेयर

वासिङ्टन, १३ पुस । चार्ली म्याकमिलान नाम गरेका अमेरिकी शिशु ७ महिना मात्रै पुगे । उनी एक आम शिशु नै हुन् । अमेरिकाको गर्भपतनविरोधी अभियानसँगै उनी अचानक शासक बनेका छन् । टेक्सस समुदायमा उनलाई हालै मेयरको उपाधि दिइएको छ । मेक अमेरिका काइन्ड अगेन नारा सहित उनलाई यही अक्टोबरमा मानार्थ मेयर बनाइएको हो । अमेरिकी […]

सामाजिक सञ्जालबाट चिनजान, पहिलो भेटमै हत्या

एजेन्सी काठमाडौं, १३ पुस । सामाजिक सञ्जालका कारण पनि समाजमा धेरै अपराधका घटनाहरु बढेको प्रहरि प्रशासनले निष्कर्ष निकालिरहेको छ । सामाजिक सञ्जालमा भेट भएका व्यक्तिलाई झट्ट विश्वास गर्दा ज्यानै जानेसम्मका घटनाहरु घट्नेहरुको यथार्थ जताततै सुन्न र देख्न पाइन्छ । यस्तै घटना छिमेकी देश भारतमा घटेको छ । दिल्लीकी एक युवतीको हत्या गरेर उनको शवलाई हरियाणामा […]

१०० जना सवार विमान दुर्घटना, कम्तीमा ९ को मृत्यु

काठमाडौं, ११ पुस । काजकस्तानमा १०० जना सवार विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा ९ जनाको ज्यान गएको छ । अल्माटी विमानस्थालबाट काजकस्तानको राजधानी नुरसुल्तानका लागि उडान भरेको विमान स्थानीय समयअनुसार शुक्रबार बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेर नौ जनाको ज्यान गएको बीबीसीले उल्लेख गरेको छ । विमानमा सवार अन्य यात्रुको अवस्थाबारे भने […]

स्वीकृत भयो इबोलाको ‘एर्भेभो’नामक पहिलो सुई

अमेरिका, ८ पुस। अमेरिकाको खाद्य तथा औषधि विभागले पहिलोपटक खतरनाक इबोला भाइरस विरुद्धको सुई स्वीकृत गरेको छ । विभागले ‘एर्भेभो’ नामक सो सुई स्वीकृत भएको घोषणा गरेको हो जसलाई मेरेक कम्पनीले निर्माण गरेको हो । यसले १८ वर्ष भन्दा माथि उमेरकालाई ‘जेर इबोलाभाइरस’ का कारण हुने ‘इबोला भाइरस डिजिज, इभीडी’ बाट जोगाउन सक्ने विभागले आफ्नो […]

ट्विटरमा फलो गर्ने नेपालीलाई पुरस्कार: चिनियाँ राजदूत होउ यान्छी

भक्तपुर, ८ पुस । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ । उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेबताएकी छिन् । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग […]