ट्रम्पले दिए नयाँ वर्षको शुभकामना भने ‘यो चेतावनी होइन, धम्की हो’

एजेन्सी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकमा अवस्थित अमेरिकी राजदूतावासमाथि भएको आक्रमणमा इरान जिम्मेवार भएको बताउँदै धम्की दिएका छन् । इरान निकट मानिने एक इराकी समूहका लडाकूद्वारा अमेरिकी कुटनीतिक नियोगमा मङ्गलबार दिउँसो आक्रमण भएको थियो ।

सो समूहले सुरक्षाका लागि निर्माण गरिएको बाहिरी पर्खालबाट राजदूतावास भवन नजिकैको पर्खालमा पुगी अमेरिका विरोधी नाराहरू लगाएको थियो । समूहले पर्खाल वरीपरीबाट आगजनी तथा ढुङ्गामुढाको प्रयाससमेत गरेको थियो । नयाँ वर्षको पूर्व सन्ध्यामा राष्ट्रपति ट्रम्पले यसका लागि इरानले कुनै क्षती र कसैको मृत्यु भए ‘निकै ठूलो मूल्य चुकाउनुपर्ने’ बताएका छन् ।

Loading...