फेरि समातियो बसपार्कबाट साढे २ किलो सुन

काठमाडौँ, १६ पुस । धनगढीको बसपार्कबाट २ किलो ४ सय ग्राम सुनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेको व्यक्तिको नाम सार्वजनिक गरेको छैन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी सुदीप गिरीका अनुसार धनगढी बसपार्कबाट उक्त परिमाणको सुन समातिएको भएपनि पक्राउ परेको व्यक्तिको नाम तत्कालै सार्वजनिक गरिएको छैन् ।

घटनामा थप व्यक्ति पनि रहेको खुल्न आएकाले तत्काल सूचना गोप्य राखी अनुसन्धान भइरहेको एसपी गिरीले बताए । उनले भने, ‘भरिया मात्रै समातिएको हो । मुख्य व्यक्तिको खोजीकार्य भइरहेको छ ।’उक्त सुन भारतबाट ल्याइएको हुनसक्ने आशङ्‍का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारमा सुन लुकाएर ल्याउने भारतीय नागरिक हरिराम सुनिल पक्राउ परेका छन् । दुबई एयरलाइन्सबाट दुबई हुँदै नेपाल आउनेक्रममा विमानस्थल चेकजाँच गर्दा उनको साथबाट आधा किलो सुन फेला परेको हो ।

Loading...