खुल्ना, बङ्गलादेश, २५ कात्तिक । बङ्गलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको बङ्गलादेशका अधिकारीहरूले जनाएका छन् । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८ः३० बजे भारतको पश्चिम बङ्गालबाट बङ्गलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ […]
विश्व
पाकिस्तानका पूर्व प्रधानमन्त्री सरिफ सोमबार लण्डन जाने
इस्लामाबाद, २४ कात्तिक । केही समयदेखि सख्त बिरामी भएका पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरिफ थप उपचारका लागि भोलि सोमबार लण्डन जाने भएका छन । सरिफको स्वास्थ्य स्थिति अध्ययन गरेपछि सरकारले उनलाई बेलायत जाने अनुमति दिएको हो । स्रोतले भनेको छ, “नवाज सरिफ नोभेम्बर ११ तारिख सोमबारका दिन लण्डन उड्ने भएका छन ।” उनि यही नोभेम्बर […]
लिबियाबाट २०० अवैध आप्रवासी फिर्ता
त्रिपोली, २४ कात्तिक । लिबियाको पूर्वी शहर बेंगाजीस्थित अध्यागमन विभागले झण्डै २०० जना अवैध आप्रवासीलाई इजिप्ट फर्काइएको जनाएको छ । विभागका अनुसार फर्काइएका अवैध आप्रवासीमध्ये १९४ जना इजिप्टका नागरिक थिए । आधिकारिक कागजात नभएका उनीहरुमा संक्रामक रोग समेत देखिएको थियो । अन्तर्राष्ट्रिय आप्रवास संगठनले हालैमात्र लिबियामा ६ लाख ५० हजार अवैध आप्रवासी रहेका र तीमध्ये […]
नेटो प्रमुखसँग अर्को साता ह्वाइट हाउसमा छलफल
वासिङ्टन, २४ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साता नेटोका महासचिव जेन्स स्टोल्टेन्बर्गसँग ह्वाइट हाउसमा सुरक्षा र लगानीका विषयमा छलफल गर्ने भएको छ । ह्वाइट हाउसका अनुसार उक्त भेटवार्ताका क्रममा नेटो गठबन्धनका मुलुकबाट दामासाहीले नेटोका लागि खर्च जुटाउने उपायका बारेमा मुख्य रुपमा छलफल हुनेछ । साथै, गठबन्धन मुलुकहरुको प्रतिरक्षा र आतंकवाद र साइबर आक्रमण […]
थाइल्याण्डमा सात जना विद्रोही लडाकू गिरफ्तार
बैंकक, २४ कात्तिक । थाइल्याण्डको दक्षिणी क्षेत्रमा आमहत्यामा संलग्न रहेको आरोपमा सात जना विद्रोही लडाकूलाई गिरफ्तार गरिएको थाई सेनाले जनाएको छ । थाई सेना र प्रहरीको संयुक्त गोप्य कारबाहीमा शुक्रबार राति उनीहरु पक्राउ परेका परेका हुन् । थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनले याला प्रान्तमा विद्रोहीको आक्रमणमा १५ जना सर्वसाधारण नागरिकको ज्यान गएपछि सुरक्षाफौजले कारबाही अगाडि […]
इङ्ल्याण्डले जित्यो टी२० शृंखला, सुपरओभरमा विजयी
अकल्याण्ड, २४ कात्तिक । चार महिनाअघि एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा विवादास्पद रुपमा सुपरओभरमा न्यूजील्याण्डलाई पराजित गरेको इङल्याण्डले फेरि टी२० को सुपरओभरमै न्यूजील्याण्डलाई उसकै घरेलु मैदानमा हराएको छ । न्यूजील्याण्डको अकल्याण्डमा खेलिएको २०–२० क्रिकेट प्रतियोगितामा इङ्ल्याण्डले न्यूजील्याण्डलाई सुपरओभरमा ९ रनले पराजित गरेको हो ।शृंखलाको पाँचौं तथा अन्तिम खेल वर्षाका कारण ११ ओभरमा झारिएको थियो । टस […]
प्लास्टिकका बोतल प्राकृतिक रूपमै नष्ट हुन चार सय वर्ष लाग्ने
काठमाडौँ, २४ कात्तिक । प्लास्टिकबाट विश्वव्यापी वातावरणीय प्रदूषणका लागि कोकाकोला ब्रान्ड मुख्य जिम्मेवार रहेको पाइएको छ । छ महादेशका ५१ देश समेटेर ब्रेक फ्री फ्रम प्लास्टिकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा धेरै प्लास्टिक फोहोर उत्पादन गर्ने प्रतिष्ठानमा कोकाकोला परेको हो । उसको अध्ययनमा गत वर्ष पनि कोकाकोला नै पहिलो स्थानमा थियो । विश्व वातावरणीय सरसफाइमा योगदान […]
कास्मिरपछि अयोध्यामा भारतको अतिवाद देखापरेको भन्दै पाकिस्तानले जनायो कडा प्रतिक्रिया
काठमाडौं । भारतस्थित अयोध्यामा मन्दिर र मस्जिद विवादमा सर्वोच्च अदालतको फैसलाप्रति पाकिस्तानले विरोध जनाएको छ । पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीट गर्दै भनेका छन, ‘संसारले एकपटक फेरि अतिवादी भारतको वास्तविक अनुहार देखेको छ । पाँच अगस्टमा भारतले कश्मीरको संवैधानिक दर्जा खारेज गर्यो र आज बाबरी मस्जितमा फैसला आएको छ । यता, पाकिस्तानले दोस्रो धर्मको […]
सोमालियामा बाढी, २५ जनाको मृत्यु
मोगादिशु, २२ कात्तिक । अफ्रिकी मुलुक सोमालियामा हालैका दिनमा भएको भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ का अनुसार बाढीबाट अरु ४७ जना घाइते भएका छन् । सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको […]
पश्चिमी लिबियामा ३९ अवैध आप्रवासी पक्राउ
त्रिपोली, २२ कात्तिक । पश्चिमी लिबियाको जुआरा शहरबाट ३९ जना अवैध आप्रवासी पक्राउ परेका छन् । उनीहरु बिहीबार पक्राउ परेका अधिकारीहरुले जानकारी दिएका छन् । उक्त नगरको सुरक्षा विभागले दिएको जानकारीअनुसार ती आप्रवासीहरुको कुनै कागजात नभएको र अवैध रुपमा उनीहरुले यात्रा गरिरहेको पाएपछि नियन्त्रणमा लिइएको हो ।उनीहरु अवैध रुपमा अथवा विना कुनै कागजात सो क्षेत्रमा […]










