काठमाडौंबाट ७० बढी विदेशी नागरिक पक्राउ

काठमाडौं ७ पुस । काठमाडौंका विभिन्न स्थानबाट ७५ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका ७५ जना चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ । अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं प्रहरीको संयुक्त अप्रेशनमा उनीहरुलाई पक्राउ गरिएको हो ।

Loading...