दिल्लीमा कपडा गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा रहेको कपडाको एक गोदाममा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । १० जना भन्दा बढी मानिस घाइते भएका छन् । आगो गएको मध्यरातमा लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली फायर सर्विसले ९ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सबै घाइतेलाई आसपासको अस्पताल र सञ्जय गान्धी मेमोरियल अस्पतालमा भर्ना गरिएको छ । हालै मात्र उत्तरी दिल्लीको एक प्याक्ट्रीमा आगलागी हुँदा ४३ जनाको मृत्यु भएको थियो । रानी झाँसी रोडको अनाज मन्डीस्थित फयाक्ट्रीमा आगलागी भएको बेलामा सबै मजदुर सुतिरेहेका थिए ।

Loading...