जेलमा कैदीहरुबीच झडप, १८ काे मृत्युु

एजेन्सी । होन्डुरसमा कैदीहरूको दुई समूहबीच भएको झडपमा १८ जनाको मृत्यु भएको छ । जेल भित्रै कैदीबन्दीबीच झडप भएको थियो ।

घटनामा कम्तीमा १६ जना अन्य घाइते भएका छन् । घाइतेहरूलाई तेला सहरस्थित विभिन्न अस्पतालमा उपचार भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

स्थानीय समयअनुसार शुक्रबार साँझ बन्दगाह सहर तेलामा भडप भएको थियो । झडपमा १७ को जेलभित्र घटनास्थलमा नै मृत्यु भएको र एक अन्यको उपचारका क्रममा मृत्यु भएको थियो ।

घटनालाई स्थानीय सञ्चारमाध्यमहरूले फरक फरक समूहका कैदीबीच भएको विवादका कारण भएको हिंसात्मक घटना बताएका छन् ।

घटनास्थल अहिले प्रहरीको नियन्त्रणमा आइसकेको र थप सम्भावित आक्रमण हुन नदिन सावधानी अपनाइएको होन्डुरस प्रहरीले जनाएको छ ।

Loading...