रोजीरोटी खोसिन लागेको भन्दै इँट्टाभट्ट संचालक,मजदुर र स्थानीयले गरे बिरोध

पौष ५ ,काठमाडौँ । काठमाडौँ चन्द्रागिरी नगरपालिका भित्र सतुङ्गल ,बलम्बु क्षेत्रमा संचालित इँट्टा उद्योगि ,मजदुर र त्यसै स्थानका पुराना स्थानी बासिन्दा आन्दोलित भएका छन् । हाल सोक्षेत्रमा बसी सरेर आएका केहि नयाँ बासिदाहरुले इँट्टाभट्टा हटाउन मागगर्दै चन्द्रागिरी नगरपालिकामा ज्ञापन पत्र बुझाएकोमा आफुहरुको रोजीरोटी खोसिन लागेको भन्दै भट्टासंचालक उद्योगी ,मजदुर र पुराना स्थानीय बासिन्दाले शुक्रबार आन्दोलनमा उत्रिएका हुन् । 


दुधेबाल बालिका च्यिपि हातमा बाच्न पाउनु पर्ने मागले लेखिएका प्लेकार्ड हजारौको संख्यामा रहेका मजदुरको र्ह्यालीमा उद्योगीका साथमा परम्परागत बाजागाजा ,भेषभुषामा सज्जित बहुसखिक स्थानिय बासिन्दाले साथ् दिएका छन् । 


आन्दोलमा उत्रिएका सहभागी भन्छन् ” सरकाले तोकिएको मापदण्ड भित्र रहेर बाताबरणमा पर्नजाने आसरलाइ मध्यनजर राख्दै नयाँ अत्याधुनिक प्रविधिमा रहेर आफुहरुको उद्योग संचालमा रहेकोमा केहि सिमित ब्यक्तिहरुले निहित स्वार्थमा भ्रमक प्रचार बाजी गरि आश्रित हजारौ मजदुरको बिचल्ली पार्न खोजेको र स्थानीयले सदियौ बात संचालन गरेका इँट्टा उद्योग बन्द गरे भारत बात आयात गरे कमिसन खानकै लागि लागिपरेको उनीहरुले आरोप लगाएका छन् । 


सतुंगल, बलम्बु क्षेत्रमा हाल १२ वटा इँट्टा उद्योगमा ६ हजार भन्दा बदी मजदुरहरु आश्रित रहेको उद्योगीहरु बताउ छन् । आन्दोलित मजदुर ,उद्योगी स्थानीयले नगरपालिका पुगेर ध्यान आकर्षण पत्र समेत बुझाएका छन् । 

 

Loading...