बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको […]
विश्व
देशमा चरम संकट आएपछि श्रीलंकाका सबै मन्त्रीले दिए एकसाथ राजीनामा
काठमाडौँ । श्रीलंकामा संकटकालका बीच राजनीतिक उथलपुथल तीव्र बनेको छ। आइतबार अबेर राति त्यहाँको मन्त्रिपरिषदका सबै मन्त्रीले राजीनामा दिएका छन्। श्रीलंकाका शिक्षामन्त्री तथा सदनका नेता दिनेश गुणवर्द्धनेले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाई मन्त्रिपरिषद्का मन्त्रीहरूले राजीनामा बुझाएको जानकारी दिए। तर त्यसरी मन्त्रीहरूले एकसाथ सामूहिक राजीनामा किन दिए भन्ने कारण उनले खुलाएका छैनन्। श्रीलंकाका प्रधानमन्त्रीका छोरा नमल राजापाक्षेले […]
अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु, १२ घाइते
काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियास्थित साक्रामेन्टो सहरमा आइतबार अन्धाधुन्ध गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ। सीएनएनका अनुसार यो घटनामा परी थप १२ जना घाइते भएका छन्। क्यालिफोर्नियाको प्रहरीले दिएको जानकारीअनुसार सहरको १० औं र के स्ट्रिटमा यो घटना भएको हो। स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त घटना भएको हो। प्रहरीका अनुसार घटनामा परी […]
मालीमा २ सय ३ जना विद्रोही मारिए
काठमाडौं । अफ्रिकी मुलुक मालीमा सेनाको कारबाहीमा २ सय ३ जना बिद्रोही लडाकु मारिएका छन् । मालीको सालेश राज्यमा गत केही सातादेखि जारी कारबाहीमा उनीहरु मारिएको मालीको सेनाले दावी गरेको छ । कारबाहीकै क्रममा ५१ जना पक्राउ परेका छन् भने ठुलो परिमाणमा हातहतियार बरामद गरेको जनाइएको छ । दशकौंदेखि हिंसात्मक विद्रोह गर्दै आएको लडाकु समुह […]
रुसी सेना युक्रेनको राजधानी कीभबाट पछि हट्दै, आफ्नो पूर्ण नियन्त्रण आएको दावी
काठमाडौं । युक्रेनले राजधानी कीभको सम्पूर्ण क्षेत्रमा आफ्नो पूर्ण नियन्त्रण आएको दावी गरेको छ । रुसी सेना राजधानी कीभको महत्वपूर्ण नाकाहरुबाट पछि हटेको युक्रेनको भनाई छ । कीभ नजिकको एउटा विमानस्थल पनि रुसी सेनाले छाडेका छन् । गत २४ फेब्रअरी देखि सुरु भएको युद्धका बीच राजधानी कीभ वरपरको सम्पुर्ण क्षेत्र फिर्ता भइसकेको युक्रेनले जनाएको हो […]
पाकिस्तानका प्रधानमन्त्री खान अल्पमतमा, अविश्वास प्रस्तावमा आज भोटिङ
२० चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमा आज भोटिङ हुँदै छ । अविश्वासको प्रस्ताव टुंगो लगाउन स्थानीय समयअनुसार आज बिहान साढे ११ बजे संसदको बैठक बोलाइएको छ । अपराह्न तीन बजे अविश्वास प्रस्तावमा मतदान हुनेछ । सत्ता गठबन्धनका दल नै प्रधानमन्त्री खानको विपक्षमा उभिएपछि उनी संकटमा परेका छन् । अल्पमतमा परे पनि […]
युक्रेनले गर्यो रुसको इन्धन भण्डारण केन्द्रमाआक्रमण
काठमाडौं – युक्रेनी हेलिकोप्टरले रुसको पश्चिमी सहर बेलग्रेडमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ। रुसले युक्रनेमाथि आक्रमण जारी राखेको बेला युक्रेनले पनि रुसी भूमिमा शुक्रबार गरेको यो पहिलो आक्रमण गरेको हो। रुसको बेलग्रेड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले दुई युक्रेनी लडाकु हेलिकप्टर विमानहरूले शहरमा इन्धन भण्डारण स्टेशनमा बमबारी गरेपछि सो क्षेत्रका केही नागरिकहरू यातायात सहित […]
रूस र युक्रेनबीच शान्ति वार्ता हुँदै
काठमाडौँ । रूस र युक्रेनबीच शान्ति वार्ता हुँदैछ। रूसी वार्ताकार डेविड अराखामियाले आज अनलाइनको माध्यमबाट वार्ता हुन लागेको जानकारी दिएका हुन्। युक्रेनले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गरेको सिधा वार्ताको प्रस्ताव रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अस्वीकार गरे पनि अनलाइनको माध्यमबाट वार्ता हुन लागेको रोयटर्सले जनाएको छ। एक महिनादेखि जारी रुसी आक्रमणको प्रभाव विश्वभर परेको छ। रुसको पछिल्लो […]
रुस युक्रेन युद्ध रोकिने सम्भावना ,दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ
चैत्र १५, एजेन्सी । रुस र युक्रेनबीच एक महिना देखि चलेको युद्ध रोकिने सम्भावना बढेको छ । आज टर्कीमा भएको दुई पक्षबीचको वार्ता सकारात्मक मोडतर्फ बढेको जनाइएको छ । टर्कीको इस्तानबुलमा भएको रुस–युक्रेन शान्ति वार्ताको नयाँ चरणपछि रुसी उपरक्षा मन्त्री अलेक्जेन्डर फोमिनले किएभ र चेर्निहिव क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय गरेको बताउनुभएको चिनियाँ […]
रुसी राष्ट्रपति पुटिन पदमा बस्न लायक नरहेको अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणी
चैत्र १३,काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन र रुसबीचको युद्धमा रुसको रणनीतिक असफलता भएको दावी गर्दै राष्ट्रपति भ्लादिरमीर पुटिन पदमा बस्न लायक नभएको टिप्पणी गर्नुभएको छ । पोल्याण्डको राजधानी वार्साबाट रुस र युक्रेनबीचको युद्धमा प्रतिक्रिया दिदैं राष्ट्रपति बाइडेनले यस्तो टिप्पणी गर्नुभएको हो । उता, अमेरिकी राष्ट्रपति ह्वाइट हाउसले भने अमेरिकाले रुसमा सत्ता परिवर्तन नचाहेको […]










