
दिल्ली प्रहरीको इकाईले सोमबार भारती सञ्चार अल्टन्युजका सह-संस्थापक मोहम्मद जुबैरलाई पक्राउ गरेको छ। एक व्यक्तिको उजुरीको आधारमा दिल्ली पुलिसले एफआईआर दर्ता गरेको थियो।
दिल्लीअदालतले मंगलबार मोहम्मद जुबैरलाई चार दिनको प्रहरी हिरासतमा पठाएको छ। सञ्चार संगठनहरूको सञ्जालकाअनुसार उनीविरुद्ध हिन्दूहरूको धार्मिक आस्थालाई अपमान गरेको आरोप लगाइएको छ ।
यस महिनाको सुरुमा, आईपीसीको धारा १५३ -ए (विभिन्न समूहहरू बीचको शत्रुतालाई बढावा दिने) र २९५ -ए (दुर्भावनापूर्ण कार्य, धार्मिक भावनाहरूलाई चोट पुर्याउने) अन्तर्गत उनको विरुद्ध एफआईआर दर्ता गरिएको थियो।
जुबैरको गिरफ्तारीको लगत्तै, अल्टन्युजका सह-संस्थापक प्रतीक सिन्हाले एक ट्वीट पोस्ट गर्दै भने , “जुबैरलाई आज विशेष सेल, दिल्लीले २०२० को मुद्दाको अनुसन्धान गर्न बोलाएको थियो जसको लागि उनी पहिले नै उच्च अदालतले गिरफ्तारीबाट सुरक्षा पाएका थिए। यद्यपि, आज साँझ ६.४५ बजे हामीलाई थाहा भयो कि उहाँलाई अर्को एफआईआरमा गिरफ्तार गरिएको छ ,जसको लागि कुनै सूचना दिइएन, जुन धाराहरू अन्तर्गत उनलाई पक्राउ गरिएको कानून बमोजिम अनिवार्य छ।बारम्बार अनुरोध गर्दा पनि एफआइआरको प्रतिलिपि पनि दिइएको छैन ।

मोहम्मद जुबैरले अल्टन्युज नामक तथ्य जाँच गर्ने वेबसाइट चलाउँदै आएका छन् । सन् २०१७ मा पूर्व इन्जनियर प्रतीक सिन्हासँग मिलेर भारतको चर्चित पत्रकार जुबेरले तथ्य परीक्षण गर्ने वेबसाइट अल्टन्यूजको सुरुवात गरेका थिए । कथित तथ्य जाँचको नाममा जनताको धार्मिक भावनामा चोट पुर्याएको उनि माथि आरोप छ।
वात







