युक्रेनको लिसिचान्स्क शहरमा भीषण संघर्ष जारी

असार १९,काठमाडौं । युक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच भीषण संघर्ष जारी रहेको छ । सोही शहर आफ्नो नियन्त्रणमा रहेको दावी दुवै देशले गरिरहेका छन् । रुसी सेनाले त्यहाँ भीषण गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा लागेको छ । पछिल्लो समय रुसले युक्रेनको भूमि कब्जामा लिने क्रममा जताततै आफ्नो देशको झण्डा गाड्नुका साथै परेड समेत गर्ने गरेको छ ।

लिसिचान्स्कमा पनि रुसी सेनाले गोलाबारीकाबीच परेड गरिरहेको दृश्य सार्वजनिक गरेको छ । यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा फेरी क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको मृत्यु भएको थियो ।

Loading...