त्रिशूली नदीले बगाएर वेपत्ता भएका आमा छोरा भेटिएन

असार १९, काठमाडौं।त्रिशूली नदीले बगाएर वेपत्ता भएका नुवाकोटको विदुर नगरपालिका–३ का आमा छोरा अझै फेला पर्न सकेका छैनन्।

हिजो अपराह्न स्थानीय २८ वर्षीया सङ्गीता श्रेष्ठ र उनका सात वर्षीय छोरा युनिसलाई त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको थियो। युनिकलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा सङ्गीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए।

उनका अनुसार उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए। खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन आमा नदी पसेकी थिइन्। हराइरहेका उनीहरूको जोखिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

Loading...