प्रहरी महानिरीक्षक नियुक्ति विवादमा आज पनि सुनुवाई हुँदै,, ’सरकारी पक्षले बहस सके आजै फैसला आउन सक्ने’

असार १९,  काठमाडौं ।नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धि मुद्दामा आज आइतबार पनि सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइका क्रममा आइतबार प्रतिवादी पक्षका कानुन व्यवसायीले बहस सुरू गर्नेछन् ।

आइतबारको बहसमा सरकार पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, भिामाजुृन आचार्य, ओमप्रकाश अर्याललगायतले बहस गर्ने तयारी छ । आईजीपीको पक्षमा १९ जना कानुन व्यवसायीले बहस गर्न नाम लेखाएका छन् । तर, तीन जनाले विस्तृतमा बहस गर्ने र अरूले थपथाप गर्ने जनाइएको छ । यसअघि यही असार १३ गते भएको सुनुवाईमा सरकार पक्षका वकिलहरूको बहस नसकिएपछि मुद्दालाई हेर्दाहेर्दैंमा राखेर आइतबारका लागि पेशी तोकिएको थियो ।

आफूभन्दा जुनियर एआईजी धिरजप्रताप सिंहलाई सरकारले आईजिपी बनाएको भन्दै एआईजी विश्वराज पोखरेलले गत बैशाख १९ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । दुवै पक्षको बहस आइतबार सकिने भएकाले आइतबार नै फैसला आउन सक्ने अपेक्षा गरिएको छ ।

Loading...