डुङ्गा डुब्दा एक सय जना बेपत्ता

त्रिपोली, ५ असोज, । लिबियाको पश्चिमी क्षेत्रमा आप्रबासी चढेको डुङ्गा डुब्दा एक सय जनाभन्दा बढी यात्रु बेपत्ता भएका छन् । उद्धारकर्ताहरूले बुधबार सात जनालाई जीवितै उद्धार गरेको लिबियन नौसेनाले बिहीबार जनाएको छ । शरणार्थीहरू जम्मा हुने केन्द्रको रूपमा रहेको सब्रथा भन्ने ठाँउमा डुङ्गा दुर्घटना भएको अधिकारीहरूले बताएका छन् । गत हप्ता पनि तटरक्षकहरूले तीन हजारभन्दा […]

अनसनकारीको पक्षमा वकालत गर्ने १४ वकिल जेल चलान

एजेन्सी । टर्कीको अदालतले अनसन बसेका दुई जना शिक्षकको पक्षमा वकालत गरेका १४ जना वकिललाई जेल चलानको फैसला बिहीबार सुनाएको छ । सन् २०१६ को जुलाईमा शिक्षकद्वय नुरिय गुल्मेन र सेमिह ओजाक्काले भोक हड्ताल गर्नु भएको थियो । सार्वजनिक क्षेत्रमा जागिर गरेकामध्ये झण्डै एक लाख ४० हजार जनालाई निलम्बन गरिएको छ । दुवै शिक्षकले मार्चमा […]

तीन वर्षदेखि विद्रोहीको नियन्त्रणमा यमनको राजधानी

एजेन्सी । यमनको राजधानी साना विद्रोहीको नियन्त्रणमा रहेको बिहीबार तीन वर्ष पूरा हुने भएको छ । पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह समर्थक हुथी विद्रोही समूहले राजधानी सानामा कब्जा जमाएको तीन वर्ष पूरा भएको हो । सालेह शासन सत्ता छोडेपछि उनका समर्थकहरूले गरेको आन्दोलन हजारौँ व्यक्तिले ज्यान गुमाएका थिए । सन् २०१४ को सेप्टेम्बर २१ का […]

खाडी संकट समाधानका लागि कतारी राजाको आह्वान

एजेन्सी । कतारका राजा सेख तमिम बिन हमाद अल थानीले कतारमा भइरहेको कुटनीतिक संकट समाधानका लागि विश्वसमुदायको ध्यानाकर्षण गराएका छन् । संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कतारी राजा अल थानीले साउदी अरबको नेतृत्वमा भइरहेको नाकाबन्दी शान्तिपूर्ण रूपमा अन्त्य गर्न आह्वान गरे । “कुनै पूर्व जानकारी र कुनै चेतावनी विना कतारमाथी जवरजस्ती […]

मेक्सिकोमा गएको शक्तिशाली भुकम्पमा परी २४८ को मृत्यु

मेक्सिकोमा मंगलवार राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २४८ पुगेको समाचार छ। भूकम्पको मापन ७.१ म्याग्निच्युडको गरिएको अमेरिकी भौगार्भिक संस्थाले जनाएको छ। यसबाट ठूलो जनधनको क्षतिको अनुमान गरिएको छ। मृत्यु हुनेमा प्राथमिक विद्यालयमा अध्ययनरत २१ जना बालबालिका पनि परेका छन्। उनीहरु अध्ययनरत विद्यालयको भवन भत्किएको अधिकारीहरुले जनाएका छन्। भकम्पपछि उद्वारकार्य जारी छ। कैयौँ […]

एके–४७ राइफलका निर्माताकाे विशाल शालिक अनावरण

एजेन्सी । एके–४७ राइफलका अन्वेषक मिखाइल कालास्निकोवको सालिक रुसको राजधानी मस्कोमा अनावरण गरिएको छ। हालसम्म सबैभन्दा धेरै व्यक्तिको ज्यान लिएको विश्वास गरिने सो राइफलका निर्माताको सम्मानमा मस्कोको गार्डेन रिङमा उनको सालिक स्थापना गरिएको हो। १३ फिट अग्लो बैठकमा राखिएको १६ फिट अग्लो सालिक राखिएको छ, जहाँ कालास्निकोव एके–४७ राइफल समातेर उभिएका देखिन्छन्। ‘मेरो पितृभूमिको रक्षाका […]

उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की

काठमाडाैं, ४ असाेज । संयुक्त राष्ट्र संघकाे महासभामा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियाविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले उत्तरकाेरियालार्इ अब ध्वस्त पार्नुकाे विकल्प नरहेकाे दावी पनि गरेका छन् । राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनलार्इ ‘रकेट म्यान’काे संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘रकेट म्यान किम जोङ […]

सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन कुराकानी चर्चित

एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उनीहरुबीच भएको ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरुबीच […]

म्यान्मारमा अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ : सुकी

एजेन्सी । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गरेकी छन् । साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताएकी छन् । अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न […]

सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब

एजेन्सी । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उनले उक्त महासभामा सहभागी नहुने बताएकी थिइन । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले गत हप्ता जनाएको थियो । तर उनले उक्त सभामा सहभागी हुनुपर्ने माग विश्व समुदायबाट आएको प्राप्त समाचारमा जनाइएको […]