एकाएक अध्यक्ष गान्धीले राजीनामा दिएपछि कांग्रेसमा हल्लीखल्ली

काठमाडाैं । भारतीय कांग्रेसका अध्यक्षले एकाएक राजिनामा दिएपछि पार्टीमा हल्लीखल्ली मच्चिएकाे छ । कांग्रेस अाइका अध्यक्ष राहुल गान्धीले लोकसभा निर्वाचनमा पार्टीको हारको जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएका छन्। उनले चार पृष्ठको खुलापत्र लेखेर राजिनामा दिएका हुन् ।

चारपृष्ठकाे राजिनामा पत्रमा आफ्ना भनाइहरु राख्दै गान्धीले लोकसभा निर्वाचनमा पार्टीले पाएको हारको जिम्मेवारी आफूले लिने बताएका छन्। उनले काँग्रेसको विकासको लागि जवाफदेहीता महत्वपूर्ण भएको बताएका छन्। जिम्मेवार नेता भएकाले आफूले अध्यक्ष पदबाट राजीनामा दिएको उनले स्पष्टीकरण दिएका छन्।

यस अगाडि चुनावको मत परिणामसँगै गान्धीले राजीनामा दिएका थिए। यद्यपि पार्टी कार्यसमितिले उनको राजीनामा अस्वीकार गरेको थियो।

Loading...