कास्मिरमा भारत र पाकिस्तानी सैनिकबीच गोली हानाहान सुरु, ५ भारतीय र ३ पाकिस्तानी सैनिकको मृत्यु

काठमाडौं । कास्मिरकाे तनाव अन्तत: युद्धतिर उन्मुख हुन थालेकाे छ । नरेन्द्र माेदी नेतृत्वकाे सरकारले कास्मिरकाे स्वायत्तता खारेज गरी केन्द्र प्रशासित क्षेत्रका रुपमा कास्मिरलाइ कायम गरेपछि सुरु भएकाे तनाव पछिल्लाे समय गाेली हानाहानसम्म पुगेकाे छ । गाेली हानाहानमा परी बिहीबार मात्र पाँच भारतीय सैनिककाे मृत्यु भएकाे छ । साथै तीन पाकिस्तानी सैनिककाे पनि मृत्यु भएकाे […]

अमेरिकी अनुरोध नकार्दै इरानी तेल ट्याङ्करलाई रिहा गर्ने जिब्राल्टरको निर्णय

जिब्राल्टरका अधिकारीहरूले गत महिना कब्जा गरिएको इरानी तेल ट्याङ्करलाई तत्काल रिहा गर्न आदेश दिएका छन्। अमेरिकाको न्याय मन्त्रालयले जिब्राल्टरस्थित अधिकारीहरूलाई उक्त तेल ट्याङ्करलाई नछोड्न अन्तिम समयमा अनुरोध गरेपछि यो निर्णय गर्ने प्रक्रिया केही घण्टाका लागि पछि धकेलिएको थियो। जिब्राल्टरको सर्वोच्च अदालतले ग्रेस वान नामक ट्याङ्करलाई कब्जामा राख्नुपर्छ कि पर्दैन भनेर आदेश गर्न लागेको बेला अमेरिकाले […]

सेन्जेनमा चीनले गर्यो विश्वलाइ चकित पार्नेगरी शहरी युद्धकलाको अभ्यास

काठमाडाैं । लोकतन्त्रको माग गर्दै हङकङमा हिंसात्मक प्रदर्शन चर्किंदै जाँदा त्यसलाई दबाउन चीनको सशस्त्र फौजले हङ्कङको छिमेकी शहर सेन्जेनमा युद्ध अभ्यास गरेको छ । चीनको जनसशस्त्र प्रहरी बलले सेन्जेनमा रहेको एक रंगशालामा अर्बन वारफेयर अर्थात् शहरी युद्धकलाको अभ्यास गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । शसस्त्र प्रहरी बलले युद्ध अभ्यास गरेको सेन्जेनको उक्त रंगशाला पत्रकारका लागि […]

ब्रिटिश साम्राज्यबाट स्वतन्त्र भएको सम्झनामा भारतले मनायो ७३ औं स्वतन्त्रता दिवस

काठमाडाैं । भारतले बिहीबार ७३ औं स्वतन्त्रता दिवस मनाएको छ । सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्रता पाएको सम्झनामा भारतले हरेक वर्ष १५ अगस्टका दिन स्वतन्त्रता दिवस मनाउँदै आएको छ । स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा रहेको लालकिल्लाबाट सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले भारतमा अब ‘एक देश, एक निर्वाचन’ […]

मकैबारीमा अकस्मात अवतरण, सय भन्दा बढि यात्रु सकुशल

साउन, ३० रुसी राजधानी मस्को नजिकको एक विमानस्थलबाट बिहीबार उडेको यात्रुबाहक विमान मकै बारीमा आकस्मिक अवतरण गरेको छ । यात्रु र चालक दलका सदस्य गरी दुई सय ३० भन्दा बढी व्यक्ति बोकेर उडेको जहाजमा उडेको एकैछिनमा चरा ठोकिन पुगेको थियो । चरा ठोकिएपछि असन्तुलित बनेको जहाजलाई चालकले मकैबारीमा सुरक्षित अवतरण गराएका थिए । सो विमान […]

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो

सङ्खुवासभा, ३० साउन । चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।चिनियाँ बजारमा यसको माग बढेपछि व्यापारी संखुवासभा र भोजपुरका गाउँगाउँमा रुद्राक्ष खरिद गर्न पुग्ने गरेका हुन् । कतिपय बगानमा चिनियाँ व्यापारीे रुद्राक्षको स्वरूप परिवर्तन गरेर आकर्षित पार्न प्लास्टिकका क्लिपसमेत लगाएका छन् । बितेका तीन वर्ष अघिसम्म […]

भारतको स्वतन्त्रता दिवसमा मोदीको सम्बोधन, “एक देश, एक निर्वाचन”को प्रस्ताव

नयाँदिल्ली, ३० साउन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा अब “एक देश, एक निर्वाचन” को अवधारणा लागू हुने बताउनुभएको छ । भारतको ७३औं स्वतन्त्रता दिवसका अवसरमा नयाँदिल्लीको लालकिल्लाबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले चुनावमा गरिने सुधारका बारेमा बहस आवश्यक रहेकामा जोड दिनुभयो । लालकिल्लाबाट छैटौं पटक सम्बोधन गर्नुभएका प्रधानमन्त्री मोदीले भन्नुभयो, “जिएसटीले एक देश, एक करको […]

फिलाडेल्फियामा गोली हानाहान, छ प्रहरी घाइते

वासिङ्टन, ३० साउन । संयुक्तराज्य अमेरिकाको फिलाडेल्फिया शहरमा लागूपदार्थका शंकास्पद कारोबारीसँग भएको गोली हानाहानमा छ प्रहरी घाइते भएको फिलाडेल्फिया प्रहरी विभागले जनाएको छ । विभागका अनुसार लागूपदार्थका कारोबारीहरुलाई पक्राउ गर्ने क्रममा घण्टौ लागेको थियो । घाइते प्रहरीको सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । प्रहरी आयुक्त रिचार्ड रस जुनियरले आफ्नो ३० वर्षे कार्यकालमा प्रहरीसँग यति […]

जापानको आओमोरीमा भूकम्प

टोकियो, ३० साउन । जापानको उत्तरी प्रान्त आओमोरीमा बिहीबार ५.४ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मौसम विभागले भूकम्पको धक्का सामान्य रहेकाले सुनामीको चेतावनी नदिइएको जनाएको छ । स्थानीय समयानुसार बिहीबार बिहान २ः३३ बजे उक्त भूकम्पको कम्पन महसुस गरिएको छ । यस भूकम्पपछि मानवीय र सम्पत्ति क्षतिको हालसम्म कुनै समाचार प्राप्त नभएको समाचारमा जनाइएको छ । […]

बाल विवाह अन्त्य गर्न इथियोपियाको राष्ट्रिय अभियान सार्वजनिक

आदिस अबाबा, ३० साउन । अफ्रिकी मुलुक इथियोपियाले बाल विवाह र महिलाको योनिच्छेदन प्रचलनको अन्त्य गर्नेगरी पाँच वर्षे राष्ट्रिय योजना बुधबार सार्वजनिक गरेको छ । इथियोपियाली महिला, बालबालिका तथा युवा मन्त्री यालेम चेगायेले पाँचवर्षे नयाँ मार्गचित्रले आगामी सन् २०२५ भित्रमा मुलुकका यी दुई प्रमुख सामाजिक समस्या अन्त्य गर्न ठूलो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । […]