सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानद्वारा ‘कडा‘ विरोध

एजेन्सी । सैन्य–सूचना आदानप्रदान सम्झौता खारेज गर्ने दक्षिण कोरियाली निर्णयको जापानको विदेश मन्त्रालयले ‘कडा‘ विरोध गरेको छ । जापानले निर्णयलाई ‘विल्कुल अफसोचजनक’ कदम भनेको छ ।

“दक्षिण कोरियाली सरकारद्वारा सम्झौता खारेज गर्ने निर्णय वर्तमान क्षेत्रीय सुरक्षा वातावरणमा ‘विल्कुल गलत निर्णय’ हो र यो नितान्त अफसोचपूर्ण छ,” जापानी विदेशमन्त्री तारो कानोद्वारा बिहीबार जारी वक्तव्यमा उल्लेख छ ।

उहाँले भन्नुभयो, “हामीले दक्षिण कोरियाली पक्षद्वारा गरेको दाबी स्वीकार गर्न सक्दैनौँ । साथै यस निर्णय लिएकोमा दक्षिण कोरियाली सरकारको कडा शब्दमा विरोध गर्छौँ ।” उहाँले यस विषयमा दक्षिण कोरियाको धारणा माग्न जापानका लागि दक्षिण कोरियाली राजदूतलाई बोलाइ उहाँसँग राजधानी टोकियोमा राय लिने काम भएको छ ।

सियोलले सैन्य–सूचना आदानप्रदान सम्झौता कोरियाली हितमा नरहेको भन्दै यसको खारेज गर्ने निर्णय गरेपछि जापानको उक्त प्रतिक्रिया आएको हो । सामान्य सुरक्षासम्बन्धी सैन्य सूचना सहमतिको अन्त्य गर्ने कोरियाली निर्णयसँगै अमेरिकाका निकट सहयोगी मानिने यी दुई प्रजातान्त्रिक मुलुकहरूबीचको सम्बन्धमा तनाव देखिएको छ ।

Loading...